Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘फ्रि भिसा, फ्रि टिकट’को नीति पुनरवलोकन गरिँदै
‘फ्रि भिसा, फ्रि टिकट’को नीति पुनरवलोकन गरिँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ २, २०७९
Hardik health
काठमाडौं- सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको हितका लागि ल्याएको ‘फ्रि भिसा, फ्रि टिकट’को नीति परिवर्तन गर्ने तयारी गरेको छ ।सात वर्षअघि सरकारले यो नीति लागू गरेको भए पनि व्यवहारमा कार्यान्वयन हुन सकेको थिएन । अहिले आएर सरकारले व्यवसायीको मागबमोजिम उक्त नीति पुनरवलोकन गर्न लागेको हो । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले २०७२ असारमा वैदेशिक रोजगारीमा जान चाहने श्रमिकले ‘शून्य’ लागतमा जान पाउने नीति कार्यान्वयनमा ल्याएको थियो । उक्त नीतिअनुसार म्यानपावर कम्पनीले श्रमिकसँग सेवा शुल्कबापत अधिकतम १० हजार रूपैया मात्रै लिन पाउने व्यवस्था गरेको थियो । तर सरकारले उक्त नीति कार्यान्वयनमा कडाइ गर्न नसक्दा वैदेशिक रोजगारीमा जाने युवाहरू झन् मारमा परे । म्यानपावर कम्पनीहरूले १० हजार लिएर श्रमिक पठाउन नसकिने भन्दै उक्त नीतिको विरोध गर्दै आएका थिए । उनीहरूले सरकारको नीतिविपरीत गोप्य रूपमा श्रमिकसँग अतिरिक्त शुल्क लिने क्रम रोकेनन् । बाहिर निःशुल्क भिसा र टिकट भनिए पनि भित्री रूपमा श्रमिकले पैसा बुझाउनुपथ्र्यो । त्यो क्रम अहिलेसम्म पनि चलिरहेको छ ।आजको मितिसम्म श्रम मन्त्रालयले न अतिरिक्त शुल्क लिनेमाथि कारबाही गर्न सक्यो, न आफ्नो नीति नै कार्यान्वयन गर्न सक्यो । अन्ततः श्रमिकको हितमा रहेको ‘फ्रि भिसा, फ्रि टिकट’को नीति नै पुनरवलोकन गर्ने अवस्थामा मन्त्रालय आइपुगेको छ । श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेपछि श्रममन्त्री कृष्णकुमार श्रेष्ठले फ्रि भिसा, फ्रि टिकटको प्रभावकारी कार्यान्वयन गर्न खोजेपनि विभिन्न प्राविधिक समस्या देखिएपछि नीतिमा नै हेरफेर गर्न लागिएको मन्त्रालयसम्बद्ध स्रोतको दाबी छ । सरकारको नीतिले वैदेशिक रोजगारमा जाने कामदार अप्रत्यक्षरूपमा ठगिने र राजस्व पनि गुम्ने देखिएकाले मन्त्री श्रेष्ठकै पहलमा पुनरवलोकनको तयारी थालिएको मन्त्रायलका एक उच्च अधिकारी बताउछन् । स्थानीय तह निर्वाचनका कारण रोकिएको पुनरवलोकन अध्ययन कार्य अब छिट्टै सुरु गर्ने तयारीमा मन्त्रालय लागेको छ । फ्रि भिसा, फ्रि टिकटको नीति पुनरवलोकन गर्ने सवालमा केही आन्तरिक समीक्षा भएको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताए । उनले भने, ‘प्राविधिक रूपमा अव्यावहारिक र कार्यान्वयनमा जटिलता देखिएका कारण फ्रि भिसा, फ्रि टिकटमात्र होइन मन्त्रालयले गरेका केही अन्य निर्णयहरू पनि पुनरवलोकन गर्नुपर्ने अवश्यकता देखिएको छ । सोहीअनुरूप मन्त्रालयले आन्तरिक समीक्षा गरिरहेको छ ।’ वैदेशिक रोजगारमा जाने कामदारहरूको भिसा र टिकटको रकम रोजगारदाताले नै व्यहोर्नुपर्ने व्यवस्थाजायज भएपनि कार्यान्वयन नै नहुने र हुन नसक्ने नीति यथास्थितिमा राखिरहनुभन्दा व्यावहारिक ढंगले शुल्क तोकेर सेवा दिनु न्यायोचित हुने वैदशिक रोजगार व्यवसायीहरूले बताउदै आएका छन् । व्यवसायीहरूकै आग्रहमा श्रम मन्त्रालयले नीति पुनरवलोकनको तयारी थालेको बताइएको छ । यस सम्बन्धमा अध्ययन गर्न बनाइएको कार्यदलमा केही व्यवसायीहरूलाई पनि समावेस गरिएको छ । अध्ययन कार्यदलमा को–को छन् भन्ने नखुलाइएपनि स्थानीय तहको निर्वाचनपछि छिट्टै अध्ययन प्रतिवेदन आउने मन्त्रालयका अधिकारीहरू बताउछन् । श्रममन्त्री श्रेष्ठले यसअघि पत्रकार सम्मेलन गरेर फ्रि भिसा र टिकटको नीति वैज्ञानिक नभएको र कार्यदल गठन गरेर अध्ययन भइरहेको बताएका थिए । यसबाट पनि फ्रि भिसा, फ्रि टिकटको नीति परिवर्तन हुने प्रस्ट हुन्छ । व्यवसायीले पनि सेवा शुल्कबापत १० हजार रूपैंया“मात्र लिन पाइने प्रावधान भएपनि श्रमिकले अतिरिक्त शुल्क तिर्नुपरिरहेको तथाराज्यले पनि कर गुमाउनुपरेको स्वीकार्दै आएका छन् । यसलाई कानुनी रूपमा नै हल गर्नुपर्ने उनिहरूको तर्क छ । एक व्यवसायी भन्छन्,– ‘श्रम मन्त्रालयले गरेका कतिपय निर्णय अव्यावहारिक र कामदारलाई अप्रत्यक्ष आर्थिकभार पार्ने खालका छन् । ती नीतिहरूको पुनरवलोकन हुन जरुरी छ, र यसका लागि मन्त्रीज्यू पनि सकारात्मक नै देखिनुहुन्छ । हाम्रो लागि यो खुसीकै कुरा हो ।’ सरकारले फ्रि भिसा, फ्रि टिकटको नीति पुनरवलोकन तयारी गरिरहँदा २०७५ साउन २८ गते ‘वैदेशिक रोजगारीका लागि सम्भावित गन्तव्य मुलुक, सरकारीस्तरबाट श्रमिक पठाउने सम्भाव्यता र सेवा शुल्कसम्बन्धी अध्ययन गर्न बनेको कार्यदलले दिएको प्रतिवेदन अझै सार्वजनिक भएको छैन । पूर्वराजदूत उदयराज पाण्डेको संयोजकत्वमा तयार परिएको प्रतिवेदनमा हालको व्यवस्थालाई प्रभावकारी बनाएर सबै श्रम गन्तव्य मुलुकमा फ्रि भिसा र फ्रि टिकटको नीति अवलम्बन गर्न सिफारिस गरेको थियो । तर पछिल्लो समय वैदेशिक रोजगारीमा श्रमिकहरू जाँदा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्ने पद्धति (इम्प्लोयर पे मोडेल) लागू गर्नुपर्छ भन्ने मान्यताबाट सरकार पछि हट्न खोजेको देखिन्छ ।
प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ११:४२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP