Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सुधारतर्फ रेमिट्यान्स: नौ महिनामा भित्रियो सात खर्ब २४ अर्ब
सुधारतर्फ रेमिट्यान्स: नौ महिनामा भित्रियो सात खर्ब २४ अर्ब
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख २९, २०७९
remitance
Hardik health
काठमाडौं- चालु आर्थिक वर्षको नौ महिनामा सात खर्ब २४ अर्ब ७४ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरूले बैंकिङ च्यानलमार्फत उक्त रकम पठाएका हुन् । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको गत चैत मसान्तसम्मको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार पछिल्लो महिना रेमिट्यान्स भित्रिने क्रम सुधारोन्मुख देखिएको छ । यद्यपि, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स घटेको छ । समीक्षा अवधिमा रेमिट्यान्स गत वर्षको तुलनामा ०.६ प्रतिशतले घटेर सात खर्ब २४ अर्ब ७४ करोड रूपैयाँ कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स १६.५ प्रतिशतले बढेको थियो । चालु आवमा अमेरिकी डलरमा रेमिट्यान्स २.२ प्रतिशतले कमी आई छ अर्ब पाँच करोड कायम भएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १३.१ प्रतिशतले बढेकोे थियो । चैत महिनामा चालु आवकै सबैभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार चैतमा ९३ अर्ब ९५ करोड रूपैयाँ रेमिट्यान्स मुलुकमा भित्रिएको छ । यो फागुन महिनामा भित्रिएको रेमिट्यान्सभन्दा दुई अर्ब ८८ करोड रूपैयाँले बढी हो । फागुनमा ९१ अर्ब ०७ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको थियो । चालु आवको पहिलो महिना साउनमा ७५ अर्ब ९६ करोड रूपैया“ भित्रिएको थियो । त्यसपछि भदौ र असोजमा क्रमशः बढेर ७९ अर्ब ४१ करोड र ८३ अर्ब ९५ करोड रूपैयाँ पुगेकोमा कात्तिकमा फेरि घटेको थियो । कात्तिक महिनामा ७३ अर्ब १० करोड रूपैया“ रेमिट्यान्स भित्रिएको तथ्यांक छ । त्यसयता दुई महिना क्रमशः बढेकामा माघमा पुनः घटेको थियो । मंसिर महिनामा ७६ अर्ब १६ करोड, पुसमा ७९ अर्ब ८७ करोड र माघमा ७१ अर्ब ६७ करोड भित्रिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । आठौं महिना फागुनमा भने रेमिट्यान्स बढेर ९१ अर्ब सात करोड रूपैयाँ पुगेको थियो । चैतमा थप सुधार हु“दै ९३ अर्ब ९५ करोड रूपैयाँ भित्रिएको हो । मुलुकको अर्थतन्त्रमा रेमिट्यान्सले महत्वपूर्ण हिस्सा ओगटेको छ । त्यसैले रेमिट्यान्स घट्दा समग्र अर्थतन्त्र प्रभावित हुने गर्दछ । यसको उदाहरण अहिले लगातार घटिरहेको विदेशी मुद्रा सञ्चितिलाई लिन सकिन्छ । विदेशबाट आउने रेमिट्यान्स बढ्न थालेसँगै विदेशी मुद्रा सञ्चितिमासमेत सुधार आउने अपेक्षा गरिएको छ । त्यसो त रेमिट्यान्स घट्नुमा अवैधानिक च्यानल (हुण्डी)मार्फत रकम भित्रिने क्रम बढेको आशंका गरिएको छ । यसरी आउने रकम रेमिट्यान्समा गणना हुँदैन भने राज्यलाई राजस्वसमेत आउँदैन । राष्ट्र बैंकले हुण्डीमार्फत पैसा पठाउनु अवैधानिक भएको उल्लेख गर्दै यसलाई रोक्न निरन्तर पहल गर्दै आएको छ । नौ महिनामा साढे दुई लाखभन्दा बढी विदेशिए चालु आर्थिक वर्षका नौ महिनामा साढे दुई लाखभन्दा बढी श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । राष्ट्र बैंकको प्रतिवेदनअनुसार चैत मसान्तसम्म अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या दुई लाख ५६ हजार ३१ रहेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो संख्या ७४.९ प्रतिशतले घटेकोमा यो वर्ष उल्लेख्य बढेको पाइएको हो । चालु आवको पहिलो महिना साउनमा १३ हजार ८०० जना श्रम स्वीकृति लिएर विभिन्न मुलुकमा गएका थिए । भदौमा २४ हजार ६९२, असोजमा २७ हजार ८२४, कात्तिकमा ३० हजार ६६, मंसिरमा ३४ हजार ७००, पुसमा ३६ हजार ४३१ जनाले अन्तिम श्रम स्वीकृति लिएर विदेशिएको तथ्यांक छ । यसैगरी माघ महिनामा ३२ हजार ५८९, फागुनमा २७ हजार ७९८ र चैतमा २८ हजार १३१ जना श्रम स्वीकृति लिएर विदेशिएका छन् । यता वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १९९.९ प्रतिशतले बढेको छ । उक्त अवधिमा दुई लाख छ हजार ६२९ जनाले पुनः श्रम स्वीकृति लिएको तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६०.७ प्रतिशतले घटेको थियो ।
प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  १०:४९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP