काठमाडौं-जिल्ला प्रशासन कार्यालयले दुई दिन सरकारी कार्यालयको सेवा प्रभावित हुने जनाएकाे छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं र भक्तपुरले स्थानीय तह निर्वाचनका लागि कर्मचारीहरू खटिएकाले आज र भोलि (वैशाख २८ र २९ गते) कार्यालयको सेवा प्रभावित हुने जनाएको हो ।
स्थानीय तह निर्वाचन २०७९ सम्पन्न गर्नका लागि कार्यालयमा कार्यरत कर्मचारीहरूसमेत खटिएकाले यही २८ र २९ गते कार्यालयबाट प्रवाह हुने सेवा प्रभावित हुने सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध गरिन्छ”, दुवै प्रशासन कार्यालयद्वारा जारी गरिएको सूचनामा जनाइएको छ ।
यही वैशाख ३० गते एकै दिन मुलुकका ७५३ वटै स्थानीय तहमा निर्वाचन हुँदैछ ।
