Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #विश्व दृष्टि दिवस
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • स्थानीय चुनावमा वैदेशिक रोजगार
स्थानीय चुनावमा वैदेशिक रोजगार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख २२, २०७९
baidesik
Hardik health
काठमाडौं– मुलुकमा रोजगारीको अवसर नहुँदा युवाहरू वैदेशिक रोजगारीका लागि विदेशिन बाध्य छन् । लाखौं युवा रोजगारीका लागि विदेशिएका छन् । र, अहिले पनि युवाहरू विदेशिने क्रम रोकिएको छैन । युवाहरू वैदेशिक रोजगारीका लागि विदेशिएसँगै अधिकांश गाउँघर युवाविहीन बनेका छन् । यद्यपि, पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूले गाउ“मै विभिन्न उद्यम सुरु गर्न थालेका छन् । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि कतिपय स्थानीय तहले वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई व्यवसाय सुरु गर्नका लागि सहयोग गर्दै आएका छन् । स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न विभिन्न स्थानीय तहले प्रयास गरेका छन् । विदेशमा आर्जन गरेका सीप र धनलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरेर मुलुकको विकास र रोजगारीको अवसर सिर्जना गर्न उपयोग गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिँदै आएका छन् । यस क्रममा परम्परागत पेसा व्यवसायलाईसमेत प्रवद्र्धन गर्दै आर्थिक उपार्जनको माध्यम बनाउनुपर्नेमा जोड दिइँदै आएको छ । स्थानीय तहको चुनाव नजिकिँदै गर्दा प्रायः सबै राजनीतिक दलले चुनावी घोषणापत्र/प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेका छन् । स्वतन्त्र उम्मेदवारहरूले पनि आ–आफ्ना प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । ती घोषणा/ प्रतिबद्धतापत्रहरूमा रोजगारीको विषयलाई प्राथमिकता दिइएको छ । स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नेमा अधिकांश दल/उम्मेदवारले जोड दिएका छन् । यसका लागि विभिन्न सीप विकास, तालिमलगायत कार्यक्रम सञ्चालन गर्ने कुरा उल्लेख गरेका छन् । साथै, वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउने कुरासमेत दलका घोषणापत्रमा अटाएको छ । वैदेशिक रोजगारीमा जानेहरूका लागि सीपमूलक तालिम प्रदान गर्ने, अभिमुखीकरण सञ्चालन गर्ने तथा वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई उत्पादनमूलक क्षेत्रमा लगानीका लागि प्रोत्साहित गर्ने कुरा विभिन्न दलका घोषणापत्रमा उल्लेख गरिएको पाइन्छ । वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुने सरोकारवालाहरू बताउँछन् । आसन्न स्थानीय तह निर्वाचनबाट चुनिएर आउने जनप्रतिनिधिहरूले यसमा पनि ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका संयोजक विमलप्रसाद ढकाल जनताको सबैभन्दा नजिकको सरकार भएकाले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई प्रशिक्षित गराउने जिम्मेवारी स्थानीय तहले लिनुपर्ने बताउँछन् । राहदानी बनाउँदा नै उनीहरूलाई विदेशमा जाँदा आउनसक्ने समस्या र जोखिमका बारेमा जानकारी गराउन सकेको खण्डमा पनि विदेश यात्रा सुखमय हुनसक्ने उनको भनाइ छ । साथै, स्थानीय सरकारले वैदेशिक रोजगारीमा गएका युवाहरूको तथ्यांक राख्ने, विदेश जानेहरूलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम गर्नेलगायतका काम गर्नुपर्ने संयोजक ढकाल बताउँछन् । ‘स्थानीय सरकारको पनि यो व्यवसायलाई मर्यादित बनाउनका लागि ठूलो भूमिका रहन्छ । तर अहिलेसम्म त्यस्तो उल्लेख्य काम स्थानीय सरकारले गरेको कतै सुन्नमा आएको छैन,’ उनले भने । स्थानीय सरकारले रोजगारी सिर्जना गर्न नसके पनि युवालाई रोजगारीका विषयमा आधारभूत रूपमा जानकारी गराउनसक्ने अवस्था रहने ढकालको भनाइ छ । ‘जिल्ला प्रशासन कार्यालयबाट राहदानी लिँदै गर्दादेखि नै युवाहरूलाई वैदेशिक रोजगारीका विषयमा अभिमुखीकरण आवश्यक देखिन्छ । जसले गर्दा श्रमिकले विदेशमा गएर दुःख पाउने समस्या समाधान गर्न सकिन्छ,’ उनले भने ।
प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १२:१३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP