Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #दीपशिखा
  • #डा हरि रोका
  • #मगर_दिवस
  • #४४औँ राष्ट्रिय मगर एकता दिवस
  • #नेपाली कांग्रेस
  • #स्वाइन_फिभर
  • #अफ्रिकन_स्वाइन_फिभर
  • #निर्वाचन_प्रहरी
  • #थुनेलो_रोग
Search Here
प्रवास
  • Home
  • प्रवास
  • ‘पत्रकारको श्रम अधिकारका लागि महासंघ लडिरहन्छ’
‘पत्रकारको श्रम अधिकारका लागि महासंघ लडिरहन्छ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख ८, २०७९
FNJ Baishak 7
Hardik health
काठमाडौं– कान्तिपुर टेलिभिजनमा कार्यरत श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक, बिनाकारण कामबाट निष्काशन गरिएका पत्रकारको पुनर्वहाली लगायतको माग राखेर आन्दोलनरत नेपाल पत्रकार महासंघले सञ्चारसंवद्ध संघसंगठन र अधिकारकर्मीसँग अन्तरक्रिया आयोजना गरेको छ । कार्यक्रममा पत्रकार दीपा दाहालले विगतमा कान्तिपुर रेडियोमा काम गर्दा आफुमाथि भएको यौनजन्य हिंसा र सोही घटनालाई आधार बनाएर आफूलाई कान्तिपुर टेलिभिजनबाट निकालिएको दाबी गरिन् । नेपाल पत्रकार महासंघमा भएको कार्यक्रममा उपस्थित सहभागीले पत्रकार दीपा दाहाल लगायतको न्यायका लागि महासंघले गरेको आन्दोलनप्रति ऐक्यवद्धता व्यक्त गर्दै आन्दोलनमा साथ रहने प्रतिवद्धता जनाए । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले टुंगोमा नपुग्दासम्म पत्रकारको श्रम अधिकारका लागि महासंघ लडिरहने बताए । उनले पत्रकार दीपा दाहाल लगायतको श्रमसम्बन्धी समस्या समाधान गर्न पटकपटक पत्राचार गर्दा समेत चासो नदिएका कारण मुद्दा किनारा नलाग्दासम्म आन्दोलन नरोकिने बताए । महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जाल एवं ओरेकका अध्यक्ष डा.रेणु अधिकारीले पत्रकार दीपा दाहालको घटनालाई प्रतिशोधका रुपमा नभएर पत्रकार महिलालाई न्याय दिलाउने गरी स्थापित गर्न आग्रह गरिन् । महासंघका उपाध्यक्ष उदय जीएमले श्रमजीवी पत्रकारको मुद्दाका सवालमा महासंघ एक्लै नभएको भन्दै यो आन्दोलनले पत्रकारलाई न्याय दिलाएर छोड्ने प्रतिवद्धता व्यक्त गरे । महासंघका महासचिव रोसन पुरीले सरकारबाट श्रमजीवी पत्रकारका नाममा सहुलियतपूर्ण ऋण लिने सवालमा कान्तिपुर मिडिया ग्रुप सबैभन्दा अगाडि भएपनि श्रमजीवी पत्रकारप्रति असहिष्णु रहेको बताए । उनले कान्तिपुर मिडियामा रहेको समस्या हल नहुँदासम्म महासंघको आन्दोलन नरोकिने बताए । नेपाल प्रेस यूनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले पत्रकार महिलामाथि कार्य क्षेत्रमा हुने सबैखाले हिंसाका विरुद्ध एकजुट हुनुपर्ने बताए । प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले महासंघले श्रमजीवी पत्रकारको सवालमा महासंघले थालेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै सडकमै जान पनि आफ्नो संगठन पछाडि नहट्ने उल्लेख गरे । समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीले आफ्नो संगठनले पीडित पत्रकारहरुको न्यायका लागि महासंघलाई सदैव साथ दिने प्रतिवद्धता जनाए । नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष तथा पूर्व सूचना आयुक्त यशोदा तिम्सिनाले पत्रकार न्याय नपाउँदासम्म महासंघले आन्दोलन रोक्न नहुने भन्दै सम्बन्धित मिडियाका नेतृत्वकर्ताहरुसँगै महासंघले छलफल चलाउनुपर्नेमा जोड दिईन् । कार्यक्रममा प्रेस संगठन नेपालका केन्द्रीय सदस्य आस्था केसी, प्रगतिशिल पत्रकार संघका पूर्वअध्यक्ष नारायण शर्मा, लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका अध्यक्ष दामोेदर दवाडी, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, डब्लुडब्लुजेका अध्यक्ष संगीता लामा, फोनिजका अध्यक्ष गजुरधन राई, सञ्चारिक समूहका महासचिव बसन्ती बास्तोला, पूर्व कान्तिपुरकर्मी पुनम पौडेल लगायतले महासंघको आन्दोलनप्रति ऐक्यवद्धता व्यक्त गरे । उनीहरुले श्रमजीवी पत्रकारहरुको श्रमअधिकारका लागि महासंघको आन्दोलनमा सदैव साथ दिने प्रतिवद्धता पनि व्यक्त गरे ।
प्रकाशित मिति: बिहीबार, वैशाख ८, २०७९  ०८:२३
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै
एनआरएनएकाे १२ औं बृहत एकताको अन्तर्राष्ट्रिय महाधिवेशन हुँदै मंगलबार, फागुन १२, २०८२
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा
एनआरएनए अध्यक्षका उम्मेदवार रोविन शेरचन विश्व दौडाहामा बिहीबार, फागुन ७, २०८२
गैरआवासीय नेपाली ऐन संशोधन मस्यौदामाथि दुईदिने संयुक्त कार्यशाला सम्पन्न
गैरआवासीय नेपाली ऐन संशोधन मस्यौदामाथि दुईदिने संयुक्त कार्यशाला सम्पन्न आइतबार, फागुन ३, २०८२
अनलाइनमार्फत निर्वाचन मतदानको व्यवस्था गर्नु  : परराष्ट्र  मन्त्रालय
अनलाइनमार्फत निर्वाचन मतदानको व्यवस्था गर्नु  : परराष्ट्र मन्त्रालय बुधबार, माघ २१, २०८२
अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल
अमेरिकामा आउने नेपालीहरूले विधिसम्मत क्रियाकलाप गर्न दूतावासको अपिल शुक्रबार, माघ १६, २०८२
एनआरएनए अध्यक्ष श्रेष्ठको पहलमा कोरियामा समानान्तर एनसीसीबीच एकता  
एनआरएनए अध्यक्ष श्रेष्ठको पहलमा कोरियामा समानान्तर एनसीसीबीच एकता   मंगलबार, माघ ६, २०८२
फेब्रअरीमा हुने एनआरएनए निर्वाचन नसर्ने : उपाध्यक्ष डा. शर्मा
फेब्रअरीमा हुने एनआरएनए निर्वाचन नसर्ने : उपाध्यक्ष डा. शर्मा मंगलबार, पुस २९, २०८२
लोकप्रिय
  • Week
  • Month
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
‘दोस्रो जापान-नेपाल रोजगार सम्मेलन’ भोलि टोकियोमा हुँदै
‘दोस्रो जापान-नेपाल रोजगार सम्मेलन’ भोलि टोकियोमा हुँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
ताजा जनादेश आजको आवश्यकता
ताजा जनादेश आजको आवश्यकता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP