Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #प्रथम_अधिवेशन
  • #सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेश
  • #फिफा विश्वकप २०२६
  • #ईपीएस
  • #दक्षिण कोरिया
  • #फाराम_शुल्क_वृद्धि
  • #दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
Search Here
अन्तर्वार्ता
  • Home
  • अन्तर्वार्ता
  • ‘मध्यम आयस्तरयुक्त गाउँपालिका बनाउने पहुँचमार्ग तयार पारेका छौँ’
‘मध्यम आयस्तरयुक्त गाउँपालिका बनाउने पहुँचमार्ग तयार पारेका छौँ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख ६, २०७९
Bed-Bahadur-Roka2
Hardik health
मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल उत्तरार्द्धमा पुगेको छ । कार्यकाल सकिँदै गर्दा जनप्रतिनिधिहरूले गरेका कामको समीक्षा भइरहेको छ । चुनावमा गरेका प्रतिबद्धताअनुरूप कति काम भए भन्ने प्रश्न अहिले आमजनताले उठाइरहेका छन् । यसैबीच यही ३० वैशाखमा स्थानीय तहको नयाँ निर्वाचन हुँदै छ । सरकारले उक्त दिन देशभरका ७५३ वटै स्थानीय तहको निर्वाचन एक साथ सम्पन्न गर्ने तयारी गरेको छ । त्यसैअनुसार निर्वाचन आयोगले चुनावी कार्यक्रमहरूको तयारीलाई तीव्र बनाइरहेको छ । यस्तै, राजनीतिक दलहरू पनि चुनावको तयारीमा जुटिसकेका छन् । बेदबहादुर रोका, जो २०७४ को स्थानीय तह निर्वाचनमा शिक्षण पेसा छाडेर राजनीतिमा होमिएका थिए । उक्त निर्वाचनमा नेपाली कांग्रेसबाट ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका उनी निर्वाचित भए। पाँच वर्षअघि प्रधानाध्यापकको जागिर छाडेर राजनीतिमा होमिँदा बनाएका योजना र चुनावमा जनतासमक्ष गरेका प्रतिबद्धताहरू पूरा गर्न उनी सफल भए वा भएनन् ? पाँच वर्षको अनुभव र कामको समीक्षा गर्न अध्यक्ष रोकासँग कुराकानी गरेका छौं । प्रस्तुत छ प्रभाव टेलिभजनको ‘जनप्रतिनिधिका कुरा’ का लागि दीपा सुनुवारले गरेको कुराकानीः कार्यकालको उत्तरार्द्धमा आइपुग्नुभएको छ, कस्तो रह्यो यहाँको पाँच वर्षे यात्रा ? म पहिले पनि सेवामुलक क्षेत्रमा थिएँ। राजनीति पनि सेवामुलक नै हो । म आफैं निम्न वर्गको पारिवारिक पृष्ठभूमिबाट आएको हुँ । मास्टर्ससम्मको अध्ययन पूरा गर्न पाएँ । आफ्नै गाउँको विद्यालयमा शिक्षकको रूपमा काम गर्दै प्रधानाध्यापकको जिम्मेवारी सम्हालें । क्याम्पस सञ्चालन गरियो । शिक्षण पेसा सेवामूलक नै थियो । गएको स्थानीय तह निर्वाचनमा म राजनीतिक रूपमा अगाडि बढें । सबैको मन जितेर गाउँपालिका अध्यक्ष निर्वाचित भएँ । खिजीदेम्बा गाउँपालिकामा नेपाली कांग्रेसको बहुमत रह्यो । एमालेको पनि प्रतिनिधित्व रह्यो । तर हामीले बहुमतको दम्भ देखाएनौं । समन्वयात्मक रूपमा अगाडि बढ्यौं । सेवामुलक र विकासका लागि हो भन्ने भावनाले काम गरियो । पाँच वर्षे कार्यकालको अनुभव आनन्दपूर्ण नै रह्यो । त्यसो भए यो कार्यकालमा आफूले गरेका कामबाट सन्तुष्ट हुनुहुन्छ ? मान्छे पूर्णरूपले सन्तुष्ट कहिल्यै पनि हुँदैन । लक्ष्य के राखिएको छ, त्यो पूर्णरूपले प्राप्त नगर्न पनि सकिन्छ । धेरै कुराहरू प्राप्त भए होलान्, धेरै कुरा भएनन् होला । आवश्यकता असीमित हुन्छन्, साधन सीमित हुन्छ । सीमित साधनले असीमित आवश्यकता पूरा गर्नुपर्छ । त्यसैले जति काम गर्न सकियो, राम्रै गर्ने प्रयास भएको छ । संघीयता स्थापनापछि पहिलो चरणमा भएको हुनाले संघीय सरकार र प्रदेशबाट स्थानीय तहलाई पूर्णरूपमा अधिकार प्रत्यायोजन गरेनन् । त्यसले केही अप्ठ्यारो बनायो । ‘गाउँ–गाउँमा सिंहदरबार’, ‘घर घरमा सिंहदरबार’ नारा थियो, त्यो भनेको गाउँ–गाउँमा, घरघरमा सेवा पुर्‍याउनु हो । विभिन्न चुनौतीहरूका बीच त्यो काममा केही हदसम्म सफल भएका छौं । पहिलो पाँच वर्षे कार्यकालमा विकासका पूर्वाधारको जग बसाल्ने काम भएको छ । चुनावमा जनतासमक्ष गर्नुभएका प्रतिबद्धता कति पूरा गर्नुभयो त ? हाम्रो जस्तो देशमा राजनीतिले अलिकति फरक रूप पनि लिएको छ । त्यसैले सबै सन्तुष्ट हुनुहुन्छ भन्ने होइन, सबै असन्तुष्ट हुनुहुन्छ भन्ने पनि होइन । मलाई निर्वाचित गराउनेहरूले जति अपेक्षा गर्नुभएको थियो, त्यति काम नभएको हुन सक्छ । अर्कोतर्फ यसले केही पनि गर्दैन भन्नेहरूले जति सोचेका थिए, त्यो भन्दा धेरै काम भएको छ । समग्रमा विकासका पूर्वाधारहरूको विकास, आयआर्जन तथा सुुशासनका कुराहरूमा बढी केन्द्रित भएर काम गरियो । पालिकाको नेतृत्व लिएर काम गर्न कतिको सहज भयो अथवा के–के कुराले अप्ठ्यारो सिर्जना गर्‍याे ? ओखलढुंगाको अति नै दुर्गम गाउँपालिका भएको कारणले हामी धेरै पछाडि थियौँ । पछाडि हुनुको नाताले हामीले त्यहाँ गर्ने कामहरू निकै चुनौतीपूर्ण भए । स्रोत र साधान अपुग भयो । राज्यले विनियोजन गर्ने बजेट सीमित सुत्रमा आधारित भएर सबैलाई एक ढंगले वितरण गरेको हुन्छ । तर हाम्रा आवश्यकताहरू धेरै हुन्छन् । राजस्व पनि कम हुन्छ । दुर्गम स्थान भएकाले स्थानीय आयआर्जन नभएको ठाउँमा केही कठिनाइ भएकै हो । तपाईंले विशेष कुन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुभयो ? विशेष त विकासका पूर्वाधारमा जोड दिइएको छ । पहिलो पाँच वर्षे अवधिमा विकासका पूर्वाधारहरू तयार पार्ने, यसको निकास खोज्ने, आयआर्जनलाई सुरुआत गरिदिने काम गरियो भने अर्को १० वर्षमा खिजीदेम्बा गाउँपालिकाको विकास देखिने गरी नै हुन्छ, यहाँका मानिसहरूको आय मध्यमस्तरको हुन्छ भन्ने उद्देश्यले काम गर्‍यौं । आगामी १५ वर्षभित्र गाउँलिकालाई मध्यम आयस्तरयुक्त बनाउँछौं भन्ने हाम्रो अठोट थियो । विकास, समृद्धि र सुन्दर भविष्य हाम्रो लक्ष्य रह्यो । त्यसैअनुसार शिक्षा, स्वास्थ्य, सडक, विद्युत्, सञ्चार, सिँचाइलगायतका पूर्वाधारहरू सुरु गरेका छौं । पाँच वर्षे कार्यकालमा अबको १० वर्षभित्र खिजीदेम्बालाई मध्यम आयस्तरयुक्त गाउँपालिका बनाउने पहुँचमार्ग तयार पारेका छौं । तपाईंको गाउँपालिकामा शिक्षा क्षेत्रको विकास कस्तो रह्यो ? २०३५ सालमा वडा नम्बर १ र २ को रगनीमा माध्यमिक विद्यालय रहेको थियो । त्यसपछि रामपुर, ओखलढुंगा र नजिकै पर्ने रामेछापको हिमगंगामा उच्च शिक्षा लिन जानुपर्ने बाध्यता थियो । अहिले गाउ“मा सबैले औपचारिक र अनौपचारिक शिक्षा पाएका छन् । निरक्षरता हटेको छ । साक्षरता करिब ७०–८० प्रतिशतमा पुगेको छ । गाउ“पालिकाभित्रबाट उत्पादन भएका जनशक्ति माथिल्लो तहसम्म पुगिसकेका छन् । सामुदायिक शिक्षाको स्तर भने खस्केको छ । यसलाई सुधार्न हामीले प्रयास गरेका छौं । विद्यालयहरू पर्याप्त छन् । क्याम्पस र प्राविधिक शिक्षाको पढाइ पनि सुरु भएको छ । पर्यटन, सञ्चार, विद्युत्लगायत क्षेत्रमा के कस्ता काम भए त ? खिजीदेम्बामा पर्यटकीय स्थल कम छन् । भूगोलको हिसाबले पनि अप्ठ्यारो छ । यद्यपि, पर्यटन क्षेत्रमा स्रोत साधनको परिचालन विस्तारै बढ्दै छ । यहाँ तीन हजार ३५० मिटर उचाइको थोलेदेम्बा डाँडा छ, टाकुरा छ । प्रदेश सरकारको सहयोगमा भ्युटार निर्माण भएको छ, जहाँबाट हिमशृंखलाहरू अवलोकन गर्न सकिन्छ । विभिन्न जाति, जनजातिका धार्मिक संस्कार एवं गुम्बा, चैत्य, मठमन्दिर रहेका छन् । वडा नम्बर ८ बाट बोर्दिङ गुम्बादेखि देम्बासम्म पदमार्ग तयार गरेका छौँ। पर्यटकीय परियोजनाका पूर्वाधार बनाउने काम भएको छ । पोकली झरनादेखि थोलेदेम्बा र यहा“बाट सोलुको पिकेसम्मको गुरुयोजना तयार भएको छ । देम्बाबाट पिकेसम्मको पदमार्ग पनि तयार गरेका छौँ । यसका साथै खिजीचण्डेश्वरीका महेश कोर्माेचाको पहलमा विमानस्थलको मैदान तयार भयो । हाम्रो कार्यकालमा विमानस्थलको परिक्षण उडान गराइयो । सफल पनि भयो । तर पछिल्लो समयमा कोभिडका कारण उडान भर्न सकिएन । एक–डेढ वर्ष यत्तिकै बस्यो । मैदानका लागि पुनः मर्मतसम्भार भने सिस्टममा लगेर गर्न सकिएन । सञ्चारको सुविधालाई मध्यनजर गरेर प्रत्येक वडा–वडामा इन्टरनेटको सुविधा उपलब्ध गराएका छौँ। अप्टिकल फाइबर आगामी असारभित्र जडान हुन्छ । प्रत्येक विद्यालय र स्वास्थ्य संस्थामा इन्टरनेटको पहुँच पुर्‍याएका छौँ । ग्रामीण विद्युत्को योजनाले सञ्चारमा पनि मूख्य भूमिका खेल्ने गर्दछ ।
आगामी १५ वर्षभित्र गाउँलिकालाई मध्यम आयस्तरयुक्त बनाउँछौं भन्ने हाम्रो अठोट थियो । विकास, समृद्धि र सुन्दर भविष्य हाम्रो लक्ष्य रह्यो । त्यसैअनुसार शिक्षा, स्वास्थ्य, सडक, विद्युत्, सञ्चार, सिँचाइलगायतका पूर्वाधारहरू सुरु गरेका छौं । पाँच वर्षे कार्यकालमा अबको १० वर्षभित्र खिजीदेम्बालाई मध्यम आयस्तरयुक्त गाउँपालिका बनाउने पहुँचमार्ग तयार पारेका छौं ।
रोजगारीको अभावमा वैदेशिक रोजगारीमा जाने युवाहरू धेरै छन्, ती युवाहरूलाई लक्षित केही कार्यक्रम कार्यान्वयनमा ल्याउनुभयो ? यो पूर्वाधार विकाससँगै जोडिन्छ । सडक, शिक्षा, स्वास्थ्य, सञ्चार, सिँचाइ, खानेपानी, विद्युत्लगायतका पूर्वाधार तयार गर्दा रोजगारीको अवसर बढ्छ । सडकको पहुँच नपु‍र्‍याएसम्म त्यहाँ उद्योग, कलकारखाना खोल्ने कुरा भएन । जे हामीले कृषि उत्पादन गर्छौं सडकको पहुँच पुग्यो भने बल्ल त्यहा“बाट बाहिरिने भयो । यान्त्रिक कुरा ल्याउनपर्‍यो भने सडकको पहुँच हुनुपर्‍यो । अहिले सबै वडामा सडक जोडिएको छ । सडक मात्र भएर भएन सञ्चारको सुविधा हुनुपर्‍यो । सबै वडा, विद्यालय र स्वास्थ संस्थामा इन्टरनेट सेवा पुर्‍याएका छौं । ग्रामीण विद्युत्का कुरा आइरहेको छ । स्वास्थ्य सेवामा कमी हुन दिइएको छैन । यी सबै कामबाट रोजगारी सिर्जना हुन्छ । सीपमूलक तालिम उपलब्ध गराउने काम भएको छ । स्थानीयलाई नगद दिनुभन्दा वैकल्पिक सहायता उपलब्ध गराएका छौं । अनुदानलाई भन्दा गाउँपालिकामा बैंक, वित्तीय संस्थाबाट लिइएको कर्जामा ५० प्रतिशत ब्याजमा छुट गरेका छौँ। पुँजी नै दिनुभन्दा यसमा जोड दिएका छौं । सडक एवं स्रोत र साधन भए त्यहाँ भएको सीपमूलकका साथसाथै कृषिलाई अगाडि बढाउन माटो परीक्षणका काम गरेका छौँ । अपांगता भएकालाई सीपमूलक तालिम दिएका छौं । उनीहरू तालिम लिएर ढकी, मुढा, र्‍याक आदि बनाएर आयआर्जन गर्ने भएका छन् । स्वास्थ्यको क्षेत्रमा के–के काम गर्नुभयो ? पहिले स्वास्थ्य चौकीमा मात्र सीमित थियो । स्वास्थ्य चौकी नभएका स्थानमा हाल टोलटोलमा स्वास्थ्य युनिट स्थापना गरेका छौं । वडा नम्बर ५ मा अस्पताल स्थापना गरेका छौँ । बर्थिङ सेन्टर स्थापना भएको छ । एक जना डाक्टर र स्टाफ नर्स गरी दुई जना राखेका छौँ । अहिले ‘होल बडी चेकअप’को सुविधा गाउँमै उपलब्ध हुन्छ । आधा घण्टाको फरकमा स्वास्थ्य चौकीको सेवा पुर्‍याएका छौं । यो कार्यकालमा तपाईं आफैंलाई सबभन्दा सन्तुष्ट बनाउने काम कुनै छ ? अरू कसैलाई मन खाओस्न/खाओस्, तर मलाई राम्रो लागेको काम । असाध्यै सानो तर एकदमै महत्वपूर्ण काम– सबभन्दा पहिला सडक सहज गराएर एम्बुलेन्स सञ्चालन गर्न सकेँ। एउटा बोलेरो गाडी/सुमो गाडी चलाउन ठूलो कुरा छैन । तर हाम्रो जस्तो दुर्गम भूमिमा एम्बुलेन्स सञ्चालन गर्ने सम्भवतः पहिलो हो । हामीले पहिलो कार्यकाल गाडी चढ्ने पैसा कटाएर एम्बुलेन्स सञ्चालन गरेका थियौं । अस्पताल स्थापना भएको छ । सानो चोट लाग्दा पनि एउटा ब्यान्डेज वा त सिटामोल किन्न टाढा जानुपथ्र्याे । सक्नेले हेलिकप्टर बोलाएर ८०–९० हजारदेखि एक लाख खर्च गर्थे । अहिले त्यो अवस्था छैन । स्वास्थ्य सेवा पहिलेको तुलनामा धेरै नै सहज भएको छ । भिडियो: https://www.youtube.com/watch?v=vbwxflJtJQg
प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १३:४७
#अन्तर्वार्ता #जनप्रतिनिधिका_कुरा
प्रतिक्रिया दिनुहोस्
थप अन्तर्वार्ता
‘महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछ’
‘महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछ’ आइतबार, असार ७, २०८३
निजामती सेवामा समावेशी समूहको दुई तिहाई प्रतिनिधित्व भएको छः अध्यक्ष रेग्मी
निजामती सेवामा समावेशी समूहको दुई तिहाई प्रतिनिधित्व भएको छः अध्यक्ष रेग्मी आइतबार, जेठ ३१, २०८३
गणतन्त्रले सङ्घीयताको जग बसालेको छ: मुख्यमन्त्री कार्की
गणतन्त्रले सङ्घीयताको जग बसालेको छ: मुख्यमन्त्री कार्की शुक्रबार, जेठ १५, २०८३
लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो- प्रथम राष्ट्रपति डा यादव
लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो- प्रथम राष्ट्रपति डा यादव शुक्रबार, जेठ १५, २०८३
संघीयता क्रमशः व्यवस्थित हुँदै गएको छः मुख्यमन्त्री आचार्य
संघीयता क्रमशः व्यवस्थित हुँदै गएको छः मुख्यमन्त्री आचार्य बिहीबार, जेठ १४, २०८३
‘बन्छ मेरो देश’ भन्ने आशा र विश्वास जगाउन जरुरी छ : उपनेता अर्याल
‘बन्छ मेरो देश’ भन्ने आशा र विश्वास जगाउन जरुरी छ : उपनेता अर्याल बिहीबार, जेठ १४, २०८३
गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे
गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे बुधबार, जेठ १३, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP