Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बर्ड फ्लु
  • #प्रतिनिधिसभा बैठक
  • #टेरामक्स प्रकरण
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • तंग्रिँदै वैदेशिक रोजगार : नौ महिनामै तीन गुणाले बढ्यो
तंग्रिँदै वैदेशिक रोजगार : नौ महिनामै तीन गुणाले बढ्यो
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख ६, २०७९
काठमाडौं– वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या तीन गुणाले बढेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको नौ महिनामै तीन गुणा बढी रोजगारीका लागि विदेशिएका हुन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म चार लाख ६४ हजार ४६५ श्रमिक विभिन्न देशमा रोजगारीका लागि गएका छन् । यो संख्या गत आर्थिक वर्षभरिको भन्दा तीन गुणाले बढी हो । गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या एक लाख ६६ हजार ६९६ जना रहेको थियो । गत आवमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण उच्च भएका कारण रोजगार गन्तव्य मुलुकहरूले श्रमिक लिएका थिएनन् । त्यसले गर्दा नेपालबाट विदेशिने श्रमिकको संख्यामा कमी आएको थियो । चालु आवमा कोरोना संक्रमणको अवस्था सामान्य बनेका कारण गन्तव्य मुलुक खुला भएसँगै रोजगारीमा जानेको संख्या बढेको वैदेशिक रोजगार विभागको ताहाचल कार्यालयका प्रमुख रमेश अर्यालले बताए । अघिल्ला दुई आर्थिक वर्षमा कोभिडले प्रभाव पारेको भए पनि चालु आर्थिक वर्षमा रोजगारीका लागि विदेशिनेको संख्यामा उल्लेख्य वृद्धि भएको उनले बताए । नौ महिनामा नै उल्लेख्य संख्यामा रोजगारीका लागि नेपाली श्रमिक विदेशिएको भन्दै कार्यालय प्रमुख अर्यालले वैदेशिक रोजगारीको क्षेत्र पुरानै लयमा फर्किने अवस्थामा रहेको जानकारी दिए । अर्याललका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा नेपालबाट दुई लाख १० हजार ५६७ जना पुनः श्रम स्वीकृति लिएर विदेश गएका छन् । यही अवधिमा दुई लाख २० हजार ५५८ जना संस्थागत श्रम स्वीकृति लिएर विदेश गएको तथ्यांक छ । त्यस्तै व्यक्तिगत रूपमा नयाँ श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश जानेको संख्या १५ हजार छ जना रहेको छ । त्यस्तै वैधानिकीकरणबाट आठ हजार ३१६ जना श्रमिक विदेश गएको विभागको तथ्यांक छ । गत वर्षको पूरा अवधिमा नेपालबाट पुनः श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश जानेको संख्या ७२ हजार ८१ रहेको थियो । उक्त आवमा सबैभन्दा बढी व्यक्तिगत पुनः श्रम स्वीकृति लिएर विदेश गएका थिए । जसमा ९४ हजार ६१७ जना रोजगारीका लागि विदेशिएको देखिएको छ । संस्थागत रूपमा श्रम स्वीकृति लिएर रोजगारीमा जानेको संख्या ६१ हजार ४२८ जना रहेको थियो । वैधानिकीकरणमार्फत पाँच हजार ३३६ र व्यक्तिगत नयाँ श्रम स्वीकृति लिएर जानेको संख्या पाँच हजार ३१७ जना रहेको थियो । अहिलेको तथ्यांकलाई हेर्दा वैदेशिक रोजगारीको क्षेत्र कोभिड–१९ पहिलेकै अवस्थमा पुग्ने सम्भावना रहेको सरोकारवालाहरूले बताउने गरेका छन् । ताहाचल कार्यालयका प्रमुख अर्यालले कोभिडका कारण समस्यामा परेको क्षेत्रमा विस्तारै सुधार देखिन थालेको बताए । अहिले दैनिक एक हजारभन्दा बढीले श्रम स्वीकृति लिने गरेको उनले बताए । उनका अनुसार कोभिडपूर्वको सामान्य अवस्थामा ताहाचल कार्यालयबाट कम्तीमा पनि एक हजार जनाले श्रम स्वीकृति लिने गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  ०८:२९
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ शुक्रबार, जेठ २, २०८२
साउदीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
साउदीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू शुक्रबार, जेठ २, २०८२
श्रमिकको कल्याणकारी कोषदेखि व्यवसायीको धरौटी दूरुपयोग
श्रमिकको कल्याणकारी कोषदेखि व्यवसायीको धरौटी दूरुपयोग शुक्रबार, जेठ २, २०८२
सिण्डिकेटविरुद्ध संघको खबरदारी
सिण्डिकेटविरुद्ध संघको खबरदारी बिहीबार, जेठ १, २०८२
दक्षिण कोरियामा रोजगारी वृद्धि
दक्षिण कोरियामा रोजगारी वृद्धि बुधबार, वैशाख ३१, २०८२
साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग
साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग बुधबार, वैशाख ३१, २०८२
दक्षिण कोरियाका लागि ‘एनओसी’ स्थगित
दक्षिण कोरियाका लागि ‘एनओसी’ स्थगित बुधबार, वैशाख ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
पहिचानपक्षधरको जनमत तान्ने दाउ
पहिचानपक्षधरको जनमत तान्ने दाउ
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP