Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • “उपलब्धि कम, विवाद बढी”
“उपलब्धि कम, विवाद बढी”
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख १, २०७९
logo pravaw
Nada Auto Show 2026
Hardik health
काठमाडौं – २०७८ मा १३ वटा नेपाली चलचित्र रिलिज भए । रिजिल त भए तर, लगानीसमेत उठाउन सकेनन् । नौ महिना लामो बन्दाबन्दीमा परेकाले चलचित्र बजार ठप्प रह्यो । दशैं तिहारको बीचमा रिलिज भएका चलचित्र दुई दिन पनि चल्न सकेनन् । त्यसपछि पुनः हल बन्द गरियो । हल खुलेसँगै थप चलचित्र रिलिज भए । तर, तिनले पनि न दर्शक कमाए न पैसा । १५ वैशाखबाट कोरोनाको दोस्रो लहरले देशैभरका सिनेमा हल बन्द भए । १५ भदौबाट हल खोल्ने सरकारले निर्णय ग¥यो । तर, फिल्म नहुँदा हल खुलेनन् । १७ असोजबाट हल खुले । पहिलो दिन नै दुईवटा हलिउड चलचित्र ‘फास्ट एन्ड ङ्खयुरियस ९’ र नोबडी रिलिज भए । हलिउड चलचित्र प्रदर्शनमा आएपछि नेपाली चलचित्रकर्मी पनि जुर्मुराए । त्यसपछि २६ असोज अर्थात् फुलपातिको दिन शोभित बस्नेतको निर्देशनमा बनेको चलचित्र ‘डाँडाको वरपीपल’ प्रदर्शनमा आयो । जसले दर्शकको साथ पाउन सकेन् । त्यसपछि ‘धूम–४’, ‘ओभरडोज’, ‘चुरीफुरी’, ‘कठपुतली’, ‘सकिन भुल्न तिमीलाई’, ‘चपली हाइट–३’ रिलिज भए । त्यसपछि फेरि तेस्रो लहर आयो ।सिनेमा हल बन्द भए । पुनः हल खुलेपछि फागुनदेखि क्रमशः ‘म यस्तो गीत गाउँछु २’, ‘लप्पन छप्पन २’, ‘आकाशे खेती,’ ‘चिसो एस्ट्रे,’ ‘हेल्लो जिन्दगी’ र ‘मैले आई लभ यू भन्नै सकिनँ’ रिलिज भए । तर कुनैले पनि लगानी उठाउन सकेनन् । यो समय भने हलको शो र विदेशी फिल्मको प्रभुत्वको समस्या थिएन । समस्या त फिल्मको कथा, सिनेम्याटिकको थियो । राम्रो चलचित्र बनाउन नसकिएपछि चलचित्र निर्माताहरूले भने दर्शकलाई दोष दिए । नेपाली चलचित्रले दर्शकलाई हलसम्म तान्न नसकिरहेका बेला विदेशी चलचित्रले राम्रै व्यापार गरे । तिहारको अवसरमा बलिउड फिल्म ‘सूर्यवंशी’ रिलिज भयो । जसले दर्शक हलसम्म तान्यो । अक्षयकुमार अभिनिति उक्त चलचित्रले दर्शकलाई हलसम्म तानेको थियो । तर, त्यही अवधिमा रिलिज भएका नेपाली चलचित्रले भने पानीसम्म भन्न पाएन । त्यस्तै आलिया भट्ट अभिनित बलिउड चलचित्र ‘गंगुबाई कोठियावाडी’ ले नेपाली दर्शकलाई हलसम्म तानेको थियो । साउथ इन्डियन स्टार अल्लु अर्जुन अभिनित चलचित्र ‘पुष्पा’ १७ डिसेम्बारबाट रिलिज भयो । जुन चलचित्र हेर्न दर्शकको ओइरो लाग्यो । त्यहीबेला हलिउड फिल्म ‘स्पाइडर म्यान नो वे होम’ प्रदर्शनमा आयो । यो चलचित्र हेर्न पनि दर्शक हलसम्म पुगे । यो वर्ष नेपाली चलचित्रका लागि व्यापारभन्दा विवादले प्रश्रय पायो । कहिले महानायकको विवाद त कहिले विदेशी चलचित्र नेपालमा प्रतिबन्ध लगाउनुपर्छ भन्ने विवाद । कोरोना महामारीले थलिएको चलचित्र क्षेत्रलाई सुधार गर्ने अवसर थियो । त्यसका लागि चलचित्रकर्मी तयारीमा लाग्नुपर्ने थियो । तर, उनीहरू आपसी झैझगडामा व्यस्त देखिए । महानायकको विवाद २६ असोजबाट प्रदर्शनमा आएको चलचित्र ‘डाँडाको वरपीपल’ लाई दर्शकले बहिस्कार नै गरे । त्यसको कारण थियो– महानायक विवाद । निषेधाज्ञापछि हल खुल्यो । चलचित्र पनि प्रदर्शनमा आयो । चलचित्र प्रदर्शनअघि चलचित्र निर्माता पक्षले पत्रकार सम्मेलनको आयोजना गर्‍यो । जहाँ शोभित बस्नेतले अभिनेता भुवन केसीलाई महानायकको उपाधि दिए । नेपालको एक मात्र महानायक भन्दै भुवन केसीलाई सम्बोधन गरेको शोभितले पछि माफी नै माग्नुपर्ने अवस्था आयो । भुवनलाई महानायक भनेपछि यसअघिका महनायक भनिएका राजेश हमालका ङ्खयान रिसाए । यही बीचमा चलचित्रको ‘देउराली बनेछ डुंगाको’ गीत सार्वजनिक भयो । जुन गीतले सबैभन्दा बढी डिसलाइक पायो । महानायक विवाद चर्किने देखेपछि शोभितले कार्यक्रम राजेश हमालको तस्बिर नै राखेर माफी मागे । यति मात्र नभएर राजेश हमाललाई प्रत्यक्ष भेटेर गल्ती भएको भन्दै माफी मागे । महानायक विवाद पहिलोपटक भने भएको होइन् । यसअघि पनि पटकपटक यसरी महानायकबारे विवाद चलिरहेको थियो । जसले विवाद सिर्जना खोज्यो अन्ततः उसैले माफी माग्नुपर्ने अवस्था आएको थियो । पल शाहको हिरासत यात्रा नेपाली चलचित्र क्षेत्रको अर्को दुखद् घटना हुन पुग्यो । चलचित्र क्षेत्रका उदीयमान अभिनेता पल शाह बलात्कार प्रकरणमा पक्राउ परे । नाबालिग गायिकाले आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै तनहुँ र नवलपुरमा उजुरी दिइन् । जसले गर्दा उनी यतिबेला पुर्पक्षका लागि हिरासतमा छन् । यो विषयमा गायक दुर्गेश थापा, सरोज ओलीलगायतका कलाकार पनि विवादमा तानिए । पल शाह प्रकरणबाटै दुर्गेशलाई चलचित्रको दृश्यबाटै हटाइयो । १ वैशाखबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ए मेरो हजुर–४’ बाट उनलाई हटाइएको थियो । यो वर्ष अधिकांश चलचित्रका कलाकार म्युजिक भिडियोतिर लागे । चलचित्र क्षेत्रमा स्टारडम कमाइसकेका अभिनेता अभिनेत्रीको म्युजिक भिडियो मोह राम्रै देखियो । म्युजिक भिडियो मात्र नभएर उनीहरूले टिकटकतिर पनि राम्रै उपस्थिति जनाउन पुगे । तिहारको अवसरमा पूजा शर्माको चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ प्रदर्शनमा आयो । तामझाम साथ प्रचारप्रसार गरियो । दर्शकहरू हलसम्म पुगे । पूजा शर्मा आफैं देशदौडाहमा लागिन् । पल शाह बलात्कार प्रकरणमा मुछिएपछि उनी पलको बचाउमा लागिन् । उनले पल शाहले बलात्कार गरेको नभई उनलाई फसाउन लागेको भन्दै रोइलो गर्दै हिँडिन् । जसले गर्दा उनको चर्चा पनि राम्रै भयो । करिश्माको राजनीतिक मोह सदावहार नायिकाको परिचय बनाएकी अभिनेत्री करिश्मा मानन्धरले यही वर्ष पार्टी परिवर्तन गरिन् । उनी एमाले प्रवेश गरेकी छन् । जुन विषय पनि चर्चामा रह्यो । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीबाट उनले आङ्खनो राजनीतिक करिअर सुरू गरेकी थिइन् । बाबुराम पार्टी परिवर्तन गराउँदै जसपामा लागेपछि उनी निस्क्रिय जस्तै बनेकी थिइन् । लामो समय निस्क्रिय जस्तै बनेकी करिश्मा केपी ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गरेकी हुन् । आफू पदको लोभले पार्टी प्रवेश नगरेको उनले बताएकी थिइन् । पार्टीले जस्तो खालको जिम्मेवारी दिए पनि निर्वाह गर्ने उनको भनाइ थियो । तर, यतिबेला उनी आफुलाई पद चाहियो भन्दै हिँडिरहेकी छन् । गीत संगीतको वर्ष यो वर्ष गीत संगीत क्षेत्रले भने राम्रै चर्चा पायो । कोरोना महामारीका कारण चलचित्र क्षेत्र चलायमान हुन नसकिरहेका बेला गीत संगीतमा भने लाखौंको लगानी भित्रियो । केही कलाकारले राम्रै नाम र दाम पनि कमाए । जसमा गायक प्रकाश सपुत, महेश काङ्खले, प्रकाश दुतराज, गायिका समीक्षा अधिकारी, एलिना चौहान, अञ्जु पन्त, रचना रिमाललगायतका गायक गायिका चर्चामा रहे ।
प्रकाशित मिति: बिहीबार, वैशाख १, २०७९  ०७:४४
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘द राइज अफ साम्राज्य’मा विजयको प्रवेश
‘द राइज अफ साम्राज्य’मा विजयको प्रवेश बुधबार, भदौ ३, २०८३
‘पारिजात’ गीत सार्वजनिक
‘पारिजात’ गीत सार्वजनिक मंगलबार, भदौ २, २०८३
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP