Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • पशुपति क्षेत्रमा हरसिद्धिको १२ वर्षे नाच
पशुपति क्षेत्रमा हरसिद्धिको १२ वर्षे नाच
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत २७, २०७८
nach
Hardik health
काठमाडाैं - हरसिद्धि नाच १२ वर्षपछि पशुपति क्षेत्रमा सञ्चालन गरिएको छ ।  हरसिद्धि (जलद्योः) नाच मूल समितिको सक्रियतामा जयवागेश्वरी डबलीमा भइरहेको नाच शुक्रबारदेखि सुरु गरिएको हो । राजा विक्रमादित्यका पालामा सुरु भएर बन्द हुने र फेरि सुरु हुने क्रममा गरिँदै आएको हाे । यो जात्रा प्रत्येक १२ वर्षमा ललितपुर महानगरपालिका वडा नं २८ बाट पशुपति क्षेत्रमा ल्याइने गरिन्छ । जात्रा हेर्नका लागि स्थानीयवासी एवं विभिन्न भागबाट आएका दर्शकको भीड लागेको छ ।जात्राका लागि हरसिद्धि मन्दिरस्थित ललितपुर महानगरपालिका वडा नं २८ बाट १०० जना देवगण पशुपति क्षेत्रमा आएको मूल समिति संयोजक दिलीप वैद्यले जानकारी दिनुभयो । देवगणलाई चाबहिलको गोल्डेन लाइट पार्टी प्यालेसमा बस्ने र खाने व्यवस्थासहित राखिएको छ । हरसिद्धिलगायत विभिन्न स्थानबाट जात्रा लिएर आउनेलाई बस्न र खानका लागि बनाइएको जयवागेश्वरीका विभिन्न सत्तल २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुर्‍याएपछि पुनःनिर्माणका क्रममा रहेकाले देवगणलाई पार्टी प्यालेसमा राख्नुपरेको समितिले जनाएको छ । पार्टी प्यालेसमा राखे पनि जात्राका लागि गरिनुपर्ने शुद्धतामा कमी आउन नदिएको संयोजक वैद्यले बताउनुभयो । राजा विक्रमादित्यका पालामा सुरु भएको जात्रा उनकै पालामा रोकिएको थियो । विसं ११३३ मा अमर मल्लले यो नाचलाई निरन्तरता दिएको विभिन्न भाषा वंशावलीमा पाइने संस्कृतिविद् मुकुन्दराज वैद्यले बताए । अमर मल्लले सुरु गरे पनि बीचमा यो नाच रोकिएकाले राजा प्रताप मल्लले फेरि सुरु गर्नुभएको थियो । विसं २०६६ अघि पनि करिब आधाशताब्दी जात्रा लोप भएको थियो । करिब ५० वर्षसम्म हरसिद्धिबाट पशुपति क्षेत्रमा नाच ल्याइएन । हरसिद्धिवासी धर्मगोविन्द महर्जनले पञ्चायतकालमा गुठी संस्थान, पशुपति र हरसिद्धि क्षेत्रका बासिन्दा बीच समन्वय हुन नसक्दा जात्रा रोकिएको बताउनुभयो। तीनै पक्षको समन्वयमा ५० वर्षपछि ऐतिहासिक महत्वको नाचसहितको यो जात्रा फेरि सुरु गरिएको हो । अब भने स्थानीय सरकारलगायतको सहयोग लिएर पनि जात्रालाई निरन्तरता दिने प्रतिबद्धता समितिले गरेको छ । इतिहासमा उल्लेख भएअनुसार जात्रा सुरु भएको करिब दुई हजार वर्षअघिदेखि नै नेपालमा गीति नाटकको परम्परा रहेको पनि संस्कृतिविद् वैद्यले पुष्टि गरे । जात्रा चैत २५ गते शुक्रबार पशुपति आएकामा नाचका सबै विधि पूरा गरी आजै बेलुकी सकिने जनाइएको छ । जात्राका लागि रु २० लाख बजेट पशुपति क्षेत्र विकास कोष, स्थानीयवासी र सहयोगीबाट जुटाइएको थियो । ललितपुरको प्राचीन जतल गाउँभित्र हरसिद्धि भवानीलाई विराजमान गराएपछि त्यस स्थानको नाम नै हरसिद्धि रहन गएको हो । विक्रमसेन राजाले नेपालको राज्य पाएपछि गुह्येश्वरीबाट खड्ग र वर लिइ उज्जैनमा पुगेर त्यहाँका सत्रु हराएको र कुल देवता आह्वान गरेर कलशमा राखी हरसिद्धि ल्याएको देवमाला वंशावलीमा उल्लेख छ । नाचमा विक्रमादित्यका केही प्रसङ्ग पनि नाटकका रुपमा देखाइन्छ । विक्रमादित्यले आराध्य देवीका रुपमा पूजा आराधना गर्ने हरसिद्धि माताकै कृपाले शासन चलाएको विश्वास गरिन्छ ।
प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  १६:३०
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP