Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • “विनय र सारुकसँग जोडिन पाउँदा खुसी छु”
“विनय र सारुकसँग जोडिन पाउँदा खुसी छु”
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत २५, २०७८
Namrata
Hardik health
काठमाडौं– सन् २००८ मा बनेको फिल्ममार्फत विनय श्रेष्ठ र नम्रता श्रेष्ठले नेपाली फिल्ममा पाइला टेके । डिजिटल फर्म्याटमा निर्माण भएको दोस्रो फिल्म भएकाले पनि यसले राम्रो चर्चा पायो । म्युजिक भिडियोमा निकै नाम कमाएका आलोक नेम्वाङले निर्देशन गरेको फिल्मले सहर केन्द्रीत हलमा सन्तोषजनक नै व्यापार गर्यो । विशेषतः नेपालभर डिजिटल प्रविधि नभएकाले पनि धेरै स्टेसनमा फिल्म प्रदर्शन भएन । तर, विनय र नम्रताको राम्रै चर्चा भयो । उनीहरूसँगै कार्मको पनि प्रशंसा भयो । तर, त्यसपछि यो जोडीलाई दर्शकले देख्न पाएका छैनन् । आउँदो वर्षसम्म विनय र नम्रतालाई भने ‘ग्रहण’ फिल्ममा दर्शकले देख्न पाउनेछन् । ‘हामीले किन काम गरेनौ भन्दा पनि साइत जुरेन । हामीलाई लिएर केही फिल्म अफर भएका थिए, तर त्यो विविध कारणले बनेनन्,’ नम्रताले भनिन्, ‘म विनय दाईसँग फिल्म गर्दैछु तर कर्मासँग पनि फिल्म भएको छैन । विनयसँग यसपटक कथा मिलेको छ । मैले आङ्खनो क्यारेक्टरको बारेमा धेरै खुलाउन मिल्दैन । मेरो क्यारेक्टर एरियल योगा इन्स्ट्रक्टरको हो ।’ विनय फिल्ममा कलाकारसँगै कार्यकारी निर्माता पनि छन् । ‘राजीवजी (निर्देशक) को कुरा सुनेर म पनि फिल्ममा अनुबन्धित भएको हुँ । उहाँ नयाँ हुनुहुन्छ केही गर्छु भनेर आउनु भएको छ । हामीले सघाउनुपर्छ,’ विनयले भने । उनले फिल्ममा आफू नम्रताको लभ इन्ट्रेस्ट भएको बताए । ‘राजीवजीले कथा लेख्दा नै मलाई र नम्रतालाई हेरेर कथा लेख्नु भएको रैछ । र, हामी पनि मन परेर जोडिएका हौँ,’ विनयले भने । फिल्ममा सारुक ताम्राकार पनि छन् । उनले नम्रताको ब्वाईफ्रेन्डको क्यारेक्टर निर्वाह गर्नेछन् । ‘म प्रोटागोनिस्टको ब्वाइफ्रेन्डको क्यारेक्टरमा छु । उहाँहरूसँग प्रोजेक्टमा जोडिन पाउँदा निकै उत्साहित छु । प्रोजेक्ट प्लानिङमै पनि मैले राम्रो उहाँहरूबाट सिकिरहेको छु,’ उनले भने । राजीव गुरुङको निर्माण तथा निर्देशनमा बन्ने फिल्मको सिक्किमस्थित गान्तोकमा यसै साता मात्र घोषणा गरिएको थियो । ‘फिल्मको कथा सिक्किमसँग जोडिएकाले नै सिक्किममै पुगेर घोषणा गरेका हौँ । फिल्मका लागि सिक्किमकै एउटा लिड क्यारेक्टर खोजिरहेका छौँ,’ राजीवले भने । अमेरिकाबाट फिल्मसम्बन्धी अध्यन गरेर नेपाल फर्किएका राजीवले फिल्मलाई स्तरीय बनाउन र कथा सुहाउँदो पात्र छनोट गर्दा विनय, नम्रता र सारुक परेको बताए । थ्रिलर ड्रामा जनरा रहने फिल्म रे भेन्चर्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण हुने भएको छ । भारतको सिक्किम र नेपालमा छायांकन हुने फिल्मले दुवैै देशको पर्यटनमा सघाउने विश्वास उनको छ । ‘सानो संसार’ रिलिजको १४ वर्षपछि विनय र नम्रताले स्क्रिन सेयर गर्ने भएका छन् । फिल्ममा हरि हुमागाईंको छायांकन, प्रवीण श्रेष्ठको सम्पादन, विशाल सापकोटाको स्क्रिप्ट र स्क्रिनप्ले रहेको छ भने यसको स्टोरी निर्देशक गुरुङको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८  ०८:१५
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
चिनियाँ गायक, अभिनेता तथा मोडल यू मेङलोङको असामयिक निधन
चिनियाँ गायक, अभिनेता तथा मोडल यू मेङलोङको असामयिक निधन शुक्रबार, भदौ २७, २०८२
गुरुङ संस्कृतिमा ‘रिमै’ चलचित्र  प्रदर्शन 
गुरुङ संस्कृतिमा ‘रिमै’ चलचित्र  प्रदर्शन  सोमबार, भदौ २३, २०८२
 ‘बिगुल’ फिल्मको छायांकन सम्पन्न
 ‘बिगुल’ फिल्मको छायांकन सम्पन्न आइतबार, भदौ २२, २०८२
चलचित्र भवनको सङ्ख्या बढाउन पहल भइरहेको छः अध्यक्ष डिसी
चलचित्र भवनको सङ्ख्या बढाउन पहल भइरहेको छः अध्यक्ष डिसी शुक्रबार, भदौ २०, २०८२
नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्:  राष्ट्रपति पौडेल
नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्:  राष्ट्रपति पौडेल शुक्रबार, भदौ २०, २०८२
भक्तपुरमा इन्द्रजात्रा सुरु
भक्तपुरमा इन्द्रजात्रा सुरु बिहीबार, भदौ १९, २०८२
नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारबाट सुरु
नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारबाट सुरु बिहीबार, भदौ १९, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP