Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • कौडा गायक गुरुङको एकल साँझ
कौडा गायक गुरुङको एकल साँझ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत २३, २०७८
ekal sajh
Hardik health
काठमाडौं– कौडा किङ तथा गायक, सर्जक, संगीतकार गणेश गुरुङको एकल साँझ राजधानीमा सम्पन्न भएको छ । ग्रामीण पर्यटन व्यवस्थापन समितका सदस्य आशबीर गुरुङको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा संघीय परिषदजनता समाजवादी पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का अध्यक्ष रेशम गुरुङ, गोरखा सांस्कृतिक समाजका अध्यक्ष सुमन पण्डित, नवोदित विद्याकुञ्जका प्रिन्सिपल राजेन्द्र अधिकारी, तमु कलाकार संघका संस्थापक अधयक्ष राजु गुरुङ, वर्तमान अध्यक्ष शर्मिला गुरुङ लगायतको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा तमु कलाकार संघकी अध्यक्ष शर्मिला गुरुङले उपस्थित सम्पूर्ण अतिथिहरूलाई स्वागत गर्दै गणेश गुरुङ एक बहुप्रतिभाका धनी गायक भएको बताएकी थिइन् । त्यस्तै तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङले गायक गणेश गुरुङ एक प्रतिनिधिमुलक पात्र हुन् जसले आफूलाई हरेक धरातलमा प्रस्तुत गर्न सफल हुने बताए । त्यस्तै प्रमुख अतिथि डा. बाबुराम भट्टराईले गायक गणेश गुरुङ नेपाली जनजनको ढुकढुकी भएर लोकदोहोरीको क्षेत्रमा ख्याति कमाएको गायक भएको बताउँदै शुभकामना दिएका थिए । गायक गुरुङले विभिन्न चार चरणमा गायन प्रस्तुत गरेका थिए । पहिलो चरणमा उनले आयो ल्होसार, पिपलु छायाँ, दाइ त मेरो लाहुर जाने गीत प्रस्तुत गरेका थिए । दोस्रो चरणमा उनले गुरुङभाषाको गीत देउराली र प्रेनोङलाई, ओछेनारा म्हैना, ङैङ्योल्स्यो रानी प्रस्तुत गरेका थिए । त्यस्तै तस्रो चरणमा मनकामना केबलकारमा चोक, याद आउँछ बेसरी, बरपिपलको छायाँ, सल्ला धुपैले गीत प्रस्तुत गरेका थिए । त्यस्तै चौथो चरणमा गायक गुरुङले सुनको औंठी, तल्लो ग्याजागावै रमाइलो, जूनसरी मायागीत प्रस्तुत गरेका थिए । उनलाई सहगायनमा गायिका दुर्गा गुरुङ, छनु गुरुङ, भीमु गुरुङ, पवित्र गुरुङ, विष्णुमाया गुरुङ, शर्मिला गुरुङ, बीमाकुमारी दूरा, माया गुरुङ, तारा श्रीष, बबिता गुरुङ, विद्या गुरुङ, दुर्गा परियार, गायकहरू राजु गुरुङ, शिशिर गुरुङ लगायतलै साथ दिएका थिए । कार्यक्रममा गायक गुरुङलाई विभिन्न संघ–संस्थाले पैसाको माला, खादा र फूलदिएर सम्मान गरेका थिए । गोरखा जिल्ला मनकामना–८ हाल सहिदलखन गाउँपालिकामा बुबा नरबहादुर गुरुङ र आमा सावित्री गुरुङको जेठो सन्तानका रूपमा जन्मिएका गायक गणेश गुरुङ लोकदोहोरीमा एउटा चर्चित नामहो । करिब एक दर्जन एल्बम बजारमा ल्याएका गुरुङको वरिपिपलको छायाँ, ल्वाङसुपारी, ढल्की ढल्की नाच्यो मजुर, रोधी घरैमा, कौडा, सालैजो, आयो ल्होसार, सल्लाधुपैले, गोरखा मनकामना, रहर, गोगन पानीमा, सुनको औठी, दाइ त मेरो लाहुर जाने, गोरखा मनकामना, गोरखा डाँडा, सिरानचोक, गाउँचिनारी गीतलगायत तीन सय भन्दा बढी गीतहरू बजारमा आइसकेका छन् भने चार दर्जनभन्दा बढी कौडा, सालैजो गीतहरू बजारमा रहेका छन् । २५ भन्दा बढी गुरुङ चलचित्रमा समेत गायन, संगीत र अभिनयका माध्यमले क्रियाशील रहेका गायक गुरुङ पछिल्लो समय कौडा किङका रूपमा पनि परिचित छन् ।
प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  ०८:२९
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
चिनियाँ गायक, अभिनेता तथा मोडल यू मेङलोङको असामयिक निधन
चिनियाँ गायक, अभिनेता तथा मोडल यू मेङलोङको असामयिक निधन शुक्रबार, भदौ २७, २०८२
गुरुङ संस्कृतिमा ‘रिमै’ चलचित्र  प्रदर्शन 
गुरुङ संस्कृतिमा ‘रिमै’ चलचित्र  प्रदर्शन  सोमबार, भदौ २३, २०८२
 ‘बिगुल’ फिल्मको छायांकन सम्पन्न
 ‘बिगुल’ फिल्मको छायांकन सम्पन्न आइतबार, भदौ २२, २०८२
चलचित्र भवनको सङ्ख्या बढाउन पहल भइरहेको छः अध्यक्ष डिसी
चलचित्र भवनको सङ्ख्या बढाउन पहल भइरहेको छः अध्यक्ष डिसी शुक्रबार, भदौ २०, २०८२
नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्:  राष्ट्रपति पौडेल
नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्:  राष्ट्रपति पौडेल शुक्रबार, भदौ २०, २०८२
भक्तपुरमा इन्द्रजात्रा सुरु
भक्तपुरमा इन्द्रजात्रा सुरु बिहीबार, भदौ १९, २०८२
नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारबाट सुरु
नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारबाट सुरु बिहीबार, भदौ १९, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP