Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #यातायात
  • #संसद् बैठक
  • #सुनकाे मूल्य
  • #मध्यपहाडी लोकमार्ग
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #बाल_श्रममुक्त
Search Here
प्रवास
  • Home
  • प्रवास
  • ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप
७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत २३, २०७८
टाइफाइड विरुद्धको खोप
Hardik health
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने भएको छ । मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई यही २५ चैतदेखि १८ वैशाखसम्म उक्त खोप लगाइने जानकारी दिए । उनले एक वर्ष तीन महिनादेखि १५ वर्ष उमेरसम्मका सबै बालबालिकालाई एक पटक टाइफाइड विरुद्धको खोप लगाइने बताए । गाभी (खोपसम्बन्धी विश्वव्यापी सञ्जाल)ले नेपाललाई निःशुल्क टाइफाइड खोप उपलब्ध गराएको छ । नेपाल दक्षिण एसियामा टाइफाइडविरुद्धको खोप लगाउने पहिलो मुलुक भएको र विश्व स्वास्थ्य संगठनले नेपालसहित टाइफाइडबाट पीडित अन्य देशमा पनि खोप लगाउन सिफारिस गरेको हो । खोप अभियानअन्तर्गत देशभर ५६ हजार ४२९८ खोप केन्द्र र विद्यालयमा खोप लगाइने र यसका लागि १० हजार स्वास्थ्यकर्मी र एक लाख १२ हजार ८५८ स्वयंसेवक परिचालन गरिनेछ । शाखा प्रमुख दाहालले विगत पाँच वर्षको तथ्यांक हेर्दा नेपालमा चार लाख ५० हजारभन्दा बढीमा टाइफाइड रोगको संक्रमण देखिने गरेको बताए । उनका अनुसार सन् २०१९ मा ८२ हजार ४४९ टाइफाइडका बिरामी रहेको अनुमान गरिएको थियो । यसकोे संक्रमण सबै उमेर समूहमा देखिए पनि १५ वर्षभन्दा मुनिका बालबालिकामा बढी हुने गरेको छ । टाइफाइड साल्मोनेला टाइफीबाट हुने कडा खालको रोग हो । ढल वा संक्रमित व्यक्तिको दिशामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ । यो रोग लागेमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने, पसिना आउने, पखाला लाग्ने र वान्ता हुनेजस्ता लक्षण देखिने गर्दछ । मासुभित्र दिइने टाइफाइडको खोपले वयस्क र बालबालिकामा दीर्घकालीन रोग प्रतिरोधात्मक क्षमता राख्दछ । खोपको माध्यमबाट गरिने रोकथाम रोगसँग लड्नका लागि सबैभन्दा प्रभावकारी माध्यम हो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहले सरसफाइ र खोपको अभियानबाट टाइफाइडलाई रोकथाम गरिने बताए । नेपालमा एक अध्ययनअनुसार प्रतिएक लाखमा एक हजार ६२ जनामा टाइफाइड भएको देखिएको छ । परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेक लालले खोप विभिन्न देशमा ‘क्लिनिकल ट्रायल’पछि नेपालमा प्रयोग गर्न थालिएको, ८५ प्रतिशत प्रभावकारी रहेको र एक मात्रा लगाएपछि अर्को मात्रा लगाउन नपर्ने बताए । नेपालमा बालबालिकालाई दिन थालिएको टाइफाइड कन्ज्युगेट भ्याक्सिन विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको र विश्वको धेरै देशमा प्रयोग भइसकेको खोप हो । यो खोप सुुरक्षित र प्रभावकारी रहेको बताइएको छ । खोप लगाएको ठाउँमा रातो हुने, सुन्निने, दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नी दुख्नेजस्ता सामान्य असर देखिए पनि अन्य कुनै असर नपर्ने भएकाले ढुक्क भएर आफ्नो नजिकको खोप केन्द्रमा गई बालबालिकालाई खोप लगाउन विभागले अभिभावकसँग आग्रह गरेको छ ।
प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  ०८:२१
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न
एनआरएनए मलेसियाको अधिवेशन सम्पन्न सोमबार, भदौ १६, २०८२
 प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन
 प्रधानमन्त्री ओलीद्वारा चाउ एनलाई र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन आइतबार, भदौ १५, २०८२
लिपुलेक सहमतिप्रति प्रधानमन्त्री ओलीले जनाए आपत्ति
लिपुलेक सहमतिप्रति प्रधानमन्त्री ओलीले जनाए आपत्ति आइतबार, भदौ १५, २०८२
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार आइतबार, भदौ १, २०८२
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन
एनआरएनए बेलायतका अध्यक्षमा पुडासैनी चयन आइतबार, साउन ११, २०८२
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने
अक्टोबरमा 'एनआरएन लगानी सम्मेलन' गरिने सोमबार, साउन ५, २०८२
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी
एनआरएनए जापानको महासचिव पदमा खगराज गौतमको उम्मेदवारी मंगलबार, असार ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विश्‍व बैंकका जोहानेस जुट  र  कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
विश्‍व बैंकका जोहानेस जुट  र कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP