Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • जुम्लामा ६७ हजार ७४४ मतदाता
जुम्लामा ६७ हजार ७४४ मतदाता
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत १८, २०७८
0130e96bd36db50fc40be0f5c8d814de1648635674
Hardik health
खलंगा– आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय जुम्लाले आवश्यक तयारी गरेको छ । स्थानीय तह निर्वाचनमा जिल्लामा ६७ हजार ७४४ मतदाता सहभागी हुनेछन् । सबैभन्दा धेरै मतदाता चन्दननाथ नगरपालिकामा ११ हजार ८२० रहेको निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले जानकारी दिए । तीमध्ये पाँच हजार ८४७ पुरुष, पाँच हजार ९७३ महिला छन् । कनकासुन्दरी गाउँपालिकामा नौ हजार १३२ मतदातामध्ये चार हजार ८५० पुरुष, चार हजार २८२ महिला मतदाता छन् । गुठीचौर गाउँपालिकामा ६ हजार ५२४ मतदातामध्ये तीन हजार ३९३ पुरुष र तीन हजार १२८ महिला मतदाता छन् भने तातोपानी गाउँपालिकामा नौ हजार ३२० मतदातामध्ये चार हजार ८८३ पुरुष, चार हजार ४३० महिला मतदाता रहेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार तिला गाउँपालिकामा चार हजार १८६ पुरुष, तीन हजार ७६६ महिला गरी सात हजार ९५२ मतदाता छन् भने पातारासी गाउँपालिकामा चार हजार ५१३ पुरुष र चार हजार ३५ महिला गरी आठ हजार ४४८ मतदाता छन् । आठ हजार १६१ मतदाता रहेको सिञ्जा गाउँपालिकामा चार हजार ३१६ पुरुष र तीन हजार ८४३ महिला छन् भने ६ हजार २८७ मतदाता रहेको हिमा गाउँपालिकामा तीन हजार २८२ पुरुष र तीन हजार पाँच महिला रहेको निर्वाचन कार्यालय जुम्लाका प्रमुख शर्माले जानकारी दिए । त्यस्तै चन्दननाथ नगरपालिकामा १० मतदान स्थल र १६ मतदान केन्द्र कायम गरिएको छ भने हिमा गाउँपालिकामा नौ मतदान स्थल र ११ मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार सिञ्जामा सात मतदान स्थल र १२ मतदान केन्द्र, पातारासीमा १० मतदान स्थल र १३ मतदान केन्द्र, तिलामा १२ मतदान स्थल र १३ मतदान केन्द्र कायम गरिएको छ । तातोपानीमा नौ मतदान स्थल र १३ मतदान केन्द्र, गुठीचौरमा आठ मतदान स्थल र नौ मतदान केन्द्र र कनकासुन्दरी गाउँपालिकामा १४ मतदान स्थल र १५ मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालयले जनाएको छ । एक नगरपालिकासहित सातवटा गाउँपालिका गरी आठवटा स्थानीय तह रहेको जुम्लामा जिल्लाभरि ७९ मतदान स्थल र १०२ मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालयले जनाएको छ । ‘ई–पासपोर्ट’ वितरण सुरु जुम्लाबाट विद्युतीय राहदानी (ई– पासपोर्ट) सेवा दिन थालिएपछि सेवाग्राहीलाई सहज भएको छ । जिल्ला प्रशासन कार्यालय ले विद्युतीय राहदानी वितरण सेवा सुरु गरेको प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईंले जानकारी दिए । जिल्लाबाटै विद्युतीय राहदानी दर्ता गर्ने तथा वितरण गर्न थालेपछि सेवाग्राहीलाई सेवा लिन सहज हुने प्रशासनले जनाएको छ । राहदानी बनाउन यसअघि कम्तीमा तीन महिना लाग्ने लाग्ने गरेकोमा अब एक महिनाभित्रै राहदानी आइपुग्ने भएको छ । पहिलो चरणमा दैनिक ५ देखि १० जनासम्मलाई सेवा प्रदान गर्ने गरी विद्युतीय राहदानी सेवा सुरु गरिएको हो । सेवा सुरु भएपछि पहिलो ग्राहकको रूपमा चन्दननाथ नगरपालिका– ७ कि हिमाली कठायतले ई–पासपोर्टको लागि आवेदन दिएकी छन् । गत मङ्सिर १ गतेदेखि जारी भएको विद्युतीय राहदानी वितरणलाई सरकारले देशव्यापी बनाउँदै लगेको छ । यससँगै कर्णाली प्रदेशका दस जिल्लामा मध्य अब ई–पासपोर्ट सेवा सुरु हुने जिल्लाको संख्या आठ पुगेको छ । विद्यार्थी बिरामी जिल्लाको गुठीचौर गाउँपालिका–५ देपालगाउँस्थित हिमाली बोडिङ स्कुलका विद्यार्थीले म्याद नाघेको ‘ट्याङजुस’ खाँदा बिरामी परेका छन् । स्कुलका प्रधानाध्यपक मन्जिल गिरीका अनुसार विद्यार्थीले म्याद नाघेको ट्याङजुस खाएका रहेछन् । पानीमा पनि केही समस्या हो कि भन्ने आशंका भएपछि पानी परीक्षण पनि गर्न थालिएको छ । २६० मध्ये २५ जना विद्यार्थी बिरामी भएका छन् । विद्यार्थीको पेट दुख्ने, टाउको दुख्ने समस्या देखिएको छ । ‘बुधबारदेखि आउँदो आइतबारसम्म विद्यालय बन्द गरेका छौँ । विद्यालय नजिकैको कोभिड अस्पतालमा उपचारपछि विद्यार्थीको अवस्था सामान्य भएको छ ।’ उनले भने । म्याद नाघेको अखाद्य बस्तु खाएका कारण विद्यार्थी बिरामी परेको गुठीचौर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बालराम नेपालीले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, चैत १८, २०७८  ०८:२५
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP