Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत १७, २०७८
Hardik health
काठमाडौं— ‘छैटौं टुवोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरीगीत प्रतियोगिता–२०७८’ बुधबारबाट काठमाडौं भृकुटीमण्डप बँगौचामा सुरु भएको छ । अर्थ मन्त्रालयका सचिब मधुकर मरासिनी, बरिष्ट लोक गायक कुमार बस्नेतले यो प्रतियोगिताको बुधबार उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै अर्थ सचिब मरासिनीले एक समय गाउँमा गाईने लोक दोहोर गीत अहिले शहरमा पनि त्यत्तिकै प्रचलित भएको बताए । नेपालको मौलिक लोक सँगीतको रूपमा लोक दोहोरी गीत रहेको चर्चा गर्दै यो प्रतियोगिताले लोक दोहोरीका विकाशमा अझ टेवा पुर्‍याउने विश्वास उनले व्यक्त गरे । आफुले मन्त्रालयका तर्फबाट लोक दोहोरी गीतको प्रवर्धनका लागि सहयोग गर्ने पनि उनले बताए । अहिले लोक दोहोरी गीत लोकमा लोकप्रिय भएको जिकिर उनले गरे । अर्का अतिथि तथा बरिष्ट लोक गायक कुमार बस्नेतले आफुहरूको पालामा लोक गीत गाउनेलाई गाउँलेको रूपमा हेर्ने गरेको स्मरण सुनाए । आफ्ना केही गीतको चर्चा गर्दै अहिले निकै राम्रा लोक दोहोरी गीतहरू आएको छ भने । कोरोनापछि लोक दोहोरी गीत प्रतियोगितामा दर्शकको उपस्थित देखेर खुसी व्यक्त गर्दै लोक दोहोरी प्रतिष्ठानले निकै राम्रो काम गरेको उनले चर्चा गरे । यस्तै लोक दोहोरी प्रतिष्ठानको पूर्व अध्यक्ष तथा लोक दोहोरी गायक पुरुषोत्तम न्यौपानले अहिलेका कतीपय चर्चित लोक दोहोरी गायक गायिकाहरू बिगतमा यस्तै प्रतियोगिताबाट यो क्षेत्रमा आएको स्मरण सुनाए । संगीत क्षेत्रमा सरकार उदासिन भएको टिप्पणी गर्दै उनले भने,‘ हाम्रा श्रष्टाको निधन हुँदा कमलादीको प्रज्ञा प्रतिष्ठानमा श्रष्टाको शब राखेर श्रद्धाञ्जलन प्रकट गर्न पनि रोक लगाईयो । हामीले टोखामा प्रतिष्ठानको कार्यालय जेनतेन बनाएको भए पनि अब दिवँगत श्रष्टालाई श्रद्धाञ्जली दिनको लागि समेत केही जग्गा जोहो गर्न आर्थिक जोगाड गर्नु पर्ने भएको छ ।’ हास्य अभिनेता जितु नेपालले आफु हास्यव्यँग्य अभिनेता भए पनि मोडल बनेर कैयौं लोक दोहोरी गीतमा मोडलिङ गरेको स्मरण सुनाए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आजिवन सदस्य बन्ने घोषणा गर्दै आफु पनि अभिनयको हिसावले लोक दोहोरीको कलाकार भएको बताए । प्रधानमन्त्री शेर बहादुर देउवा लगायत विभिन्न कलाकारको क्यारिकेचर गर्दै उनले यस्तो प्रतियोगिताले लोक दोहोरीमा एक प्रकारको उत्साह जागेको छ भने । बुधबारबाट ४ दिनसम्म जारी रहने यो प्रतियोगितामा राजधानी र मोफसबाट ६१ वटा टोलीले भाग लिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले बताए । दर्शकका लागि प्रवेश निशुल्क गरिएको यो प्रतियोगितामा उत्कृष्ट हुने टोलीले लोक दोहोरी तर्फको राष्ट्रिय रिनङ शिल्डसँगै पदक, २ लाख ५० हजार रूपैयाँ, प्रमाणपत्र प्राप्त गर्ने पनि उनले जनाए । यस्तै द्धितीय हुने टोलीले ट्रफी, पदक र रु १ लाख ५० हजार रूपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा तेश्रो हुने टोलीले नगद १ लाख रूपैयाँ सहित ट्रफी, पदक र प्रमाणपत्र र सान्त्वना हुने टोलीले ५० हजार रूपैयाँ सहित ट्रफी, पदक, प्रमात्रणपत्र प्राप्त गर्ने पनि अध्यक्ष बिजीले कार्यक्रममा जानकारी गराए । उनका अनुसार यो प्रतियोगितामा उत्कृष्ट हुने दुई जना गायक र दुई जना गायिकालाई जनही १० हजार रूपैयाँ सहित उत्कृष्ट गायक गायिकाको पुरस्कार प्रदान गरिने छ भने उत्कृष्ट भेषभुषा र उत्कृष्ट अनुसासन टोलीले पनि १० हजार रूपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन् । सो कार्यक्रममा दोहोरीसँगै खानाहरू विभिन्न स्टल पनि राखिएकाले दर्शकले खानाको स्वादसँगै दोहोरी सुन्न सक्ने अध्यक्ष बिजीले बताए । यस पटकको दोहोरी गीत प्रतियोगिता भव्य र सभ्य हुने पनि उनले बताए । वुधबारको उद्घाटन समारोहमा गायक प्रकाश सपुतले पीर गीत गाउँदा दर्शकले तालीले साथ दिएका थिए । यस्तै कुलेन्द्र बिक, रामजी खाँडलगायतका विभिन्न कलाकारले प्रस्तुत गरेका गीतहरूले पनि दर्शक नचायो । कार्यक्रममा विभिन्न कलाकारहरूले आकर्षक लोक नृत्य प्रस्तुत गरेका थिए । बुधबार उद्घाटन भएको यो प्रतियोगितामा बिहिबार बिहान नौ बजेबाटै दोहोरी गायन टोली बीच गायन प्रतिस्पर्धा हुने भएको छ । बिहान ९ बजे देखि बेलुका ७ बजेसम्म जारी रहने यो प्रतियोगिताको समापन शनिबार बेलुका हुनेछ ।
प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  ०८:२४
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
काठमाडौँमा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न
काठमाडौँमा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न मंगलबार, माघ २०, २०८२
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै”  सार्वजनिक
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै”  सार्वजनिक सोमबार, माघ १९, २०८२
काठमाडौँमा मिथिला चित्रकला तालिम
काठमाडौँमा मिथिला चित्रकला तालिम सोमबार, माघ १९, २०८२
‘हामी सबै नेपाली, हाम्रो नेपाल’ गीत सार्वजनिक 
‘हामी सबै नेपाली, हाम्रो नेपाल’ गीत सार्वजनिक  सोमबार, माघ १९, २०८२
चलचित्र पत्रकार सिटौलाको निधन 
चलचित्र पत्रकार सिटौलाको निधन  आइतबार, माघ १८, २०८२
‘सोल्टिनी’को म्युजिक भिडियो सार्वजनिक
‘सोल्टिनी’को म्युजिक भिडियो सार्वजनिक आइतबार, माघ १८, २०८२
राष्ट्रिय गीत ‘नेपालको छोरो’ सार्वजनिक
राष्ट्रिय गीत ‘नेपालको छोरो’ सार्वजनिक शुक्रबार, माघ १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP