काठमाडौं - सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढेकाे छ ।
सोमबार प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार एक लाख ३ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार तेजावी सुनको मूल्य तोलाम ९९ हजार ८ सय रुपैया कायम भएको छ ।
आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।