काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीलङ्कामा हुने पाँचौ बिमस्टेक शिखर सम्मेलनमा भर्चुल माध्यमबाट सहभागिता हुने बताइएकाे छ ।
आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले श्रीलङ्कामा यही चैत १६ मा हुने पाँचौ बिमस्टेक शिखर सम्मेलनमा भर्चुल माध्यमबाट प्रधानमन्त्री देउवाले सहभागिता हुने बताएका हुन् ।
बैठकले पाँचौँ बिमस्टेक शिखर सम्मेलनमा बिमस्टेक बडापत्रलगायत अन्य दस्तावेजमा नेपालका तर्फबाट हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ ।