काठमाडौं -राष्ट्रपति विद्यादेवी भण्डारीले साउदी अरेबियाका आवासीय राजदूत मुसीद बीन सुलेमान अल मार्वानेले शिष्टाचार बिदाइ भेट गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारीसमक्ष नेपालका लागि साउदी अरेबियाका आवासीय राजदूत मुसीद बीन सुलेमान अल मार्वानेले शिष्टाचार बिदाइ भेट गरेको हाे।
राष्ट्रपति भवनमा शीतल निवासमा भएको भेटमा उनीहरुबीच नेपाल र साउदी अरेबिया बीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।