काठमाडौं - सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । आज सुनको मूल्य प्रतितोलामा ३०० रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार ज छापावाल सुनको मूल्य तोलामा ९९ हजार ५०० रुपैयाँ छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार २०० रुपैयाँ थियो ।
यस्तै, तेजाबी सुनको मूल्य आज ९९ हजार रुपैयाँ कायम भएर कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो तेजाबी सुनको मूल्य तोलामा ९८ हजार ७०० रुपैयाँ कायम रहेको महासंघले जनाएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर रहेकाे छ । चाँदी प्रतितोला १३ सय ७५ रूपैयाँमै कारोबार भइरहेको छ ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।