काठमाडौं– सरकारले पटक–पटक ताकेता गर्दासमेत ठूला व्यावसायिक घरानाहरूबाट राजस्व असुली गर्न नसकेको पाइएको छ । ती व्यावसायिक घरानाहरूले सरकारलाई बुझाउनुपर्ने कर, राजस्व र मुल्यअभिवृद्धि कर (भ्याट) नबुझाइ सरकारी ढुकुटीको दोहन गरिरहेका छन् ।
आन्तरिक राजस्व विभागले औपचारिकता पूरा गर्नका लागि मात्र राजस्व, कर र भ्याट बुझाउन सूचना जारी गर्दै आएको देखिन्छ । राजस्व नबुझाउने ती व्यवसायीमाथि कारबाही गर्न नसक्दा अर्बौैं रूपैयाँको क्षति भइरहेको देखिन्छ ।
विभागले पटकपटक कर रकम बक्यौता बुझाउन अटेर गर्दै आएका व्यवसायीहरूलाई १५ दिनभित्र रकम दाखिला गर्न भन्दै ताकेता गरेपनि उक्त समय सीमाभित्र एक–दुई जनाले मात्र बुझाउन आएको विभागका अधिकारीहरू बताउँछन् । विभागले १८४ जना व्यवसायीलाई कार्यालयले तोकेको सयम सीमाभित्र बक्यौता कर रकम दाखिला गर्न अल्टिमेटम दिएको थियो ।
आयकर ऐन, २०५८ (संशोधनसहित) को दफा १०४ देखि १११ सम्मको र मूल्य अभिवृद्धि कर (भ्याट) को ऐन २०५२ को (संशोधनसहित)को दफा २१ को उपदफा (१) मा उल्लिखित कुनै वा सबै तरिका अपनाइने भनेपनि सो सूचनामा मात्र सीमित रहन पुगेको छ । विभागलेकानुनी अधिकारको प्रयोग गरी बक्यौता नतिर्ने करदाताको सम्पूर्ण चलअचल सम्पत्ति र बैंक खाता रोक्का तथा सम्पत्ति लिलाम बिक्री गर्नेसम्मकोे चेतावनी दिएको पनि लामो समय बितिसकेको छ ।
बक्यौता रकम नतिर्नेमा शंखरापुर मार्केटिङ प्रालिका सुगन्ध श्रेष्ठको चार करोड २९ लाख ३१ हजार ५६८ रूपैयाँ आयकर बुझाउन बाँकी रहेको छ । एमटी स्टोर्स ट्रेड सेन्टरका सञ्चालक मैते तामाङको नाममा आयकर ८३ लाख चार हजार ५७६ र भ्याट एक करोड ९९ लाख ३२ हजार ७६ गरी जम्मा दुई करोड ८२ लाख ३६ हजार ६५२ रूपैयाँ बक्यौता रहेकोे छ । न्यू कुशल इन्टरप्राइजेजका अरविनकुमार काङ्खलेको आयकर ४३ लाख ४४ हजार ४२१ र भ्याटएक करोड ८३ लाख ४४१ गरी जम्मा दुई करोड २६ लाख ४४ हजार ८६२ रूपैयाँ बक्यौता रहेको छ ।
रोडसो युपिभिसी प्रालिका सागर गुरुङको आयकर दुई करोड १९ लाख ४७ हजार ९५७ र मण्डला अजिमा इन्टरप्राइजेजका शशांक खनालले आयकर एक करोड तीन लाख २६ हजार ४९८ र भ्याट७६ लाख १० हजार ६९ गरी जम्मा एककरोड ७० लाख ३६ हजार ५६७रूपैयाँ बक्यौता बुझाउन बाँकी रहेको छ ।
सरस्वती कन्स्ट्रक्सनका इमानसिं लामाले आयकर र भ्याटतीन करोड ३८ लाख ४४ हजार ५६४ रूपैयाँबाँकी रहेको छ । कञ्चन ट्रेडका छविलाल दाहालले आयकर २७ लाख ६९ हजार ७९१ मुअक गरी एक करोड सात लाख ७६ हजार २१४ गरी एक करोड ३५ लाख ४६ हजार पाँचरूपैयाँ बुझाउन बाँकी रहेको छ ।
माँ तारा अफसेट प्रालिका सञ्चालक अजयकुमार सत्यालको आयकर एक करोड २६ लाख ८८ हजार ३११ रूपैयाँ, जनक निर्माण सेवाका जनकराज घिमिरेको भ्याटएक करोड७० हजार ५१० रूपैयाँ रहेको छ । कर्मतारा उनी धागो उद्योगका कर्मछिरिङ लामा आयकर ९९ लाख ६९ हजार १७७रूपैयाँ बाँकी छ । माउण्ट एभरेस्ट ट्रेडिङ सप्लायर्सका वीरे शेर्पाको आयकर र भ्याट गरी ७२ लाख ५१ हजार २३७ रूपैयाँ रहेको छ ।
हिमदेव ट्रेडर्सका तुल्सीसुलु मानन्धरको मुअक ७१ लाख २२ हजार ६०० बक्यौता रकम रहेको छ । अडोछाङका सोनम पाल्तेनले आयकर ६७ लाख ४५ हजार ३८४ तिर्न बाँकी छ । एमबी ट्रेड सेन्टरका हर्कबहादुर माझीले ९० लाख ८३ हजार ६०१ रूपैयाँ रहेको छ भने भ्याट पाँच करोड ३७ लाख ७३ हजार ३७३ गरी जम्मा बक्यौता छ करोड २८ लाख ५६ हजार ९७४ रूपैयाँ बुझाउन बाँकी रहेको छ ।
कान्ति भैरवह्युमपाइप प्रालिका सञ्चालक दयाराम मानन्धरको आयकर तीन करोड ५६ लाख ७९ हजार ७७७ र भ्याट एक करोड ३७ लाख ८५ हजार ४३५ गरी कूल चार करोड ९४ लाख ६५ हजार २१२ रूपैयाँबक्यौता कर दाखिला गर्न बाँकी रहेको छ । विजय एण्ड ट्रेडसका सुक्रम तामाङले आयकर १४ लाख तीन हजार ४०१ र मुअक ५० लाख २६ हजार ११८ गरी जम्मा ६४ लाख २९ हजार ५१९ रूपैयाँ बक्यौता रहेको छ ।
निडर ट्रेडर्सकी चन्द्रकला कार्कीको आयकर १० लाख ९१ हजार ९८२ रूपैयाँ मुअक ४३ लाख ७७ हजार ४७२ गरी जम्मा ६४ लाख २९ हजार ५ सय १९ रहेको छ । एस के कन्स्ट्रक्सनका शान्तकुमार श्रेष्ठको आयकर २७ लाख ३२ हजार १०० रूपैयाँ मुअक २७ लाख ३२ हजार १०० गरी जम्मा ५४ लाख ६४ हजार २०० रूपैयाँ रहेको छ ।
बिक्की ट्रेड कन्सर्न ठेटबहादुर श्रेष्ठको आयकर १२ लाख ३४ हजार ७०० र भ्याट आठ लाख आठ हजार ५७५ रूपैयाँ गरी जम्मा २० लाख ४३ हजार २७५ रूपैयाँ रहेको छ । मेलुङ कन्स्ट्रक्सन प्रालिका बलबहादुर केसी भण्डारीको आयकर १३ लाख २४ हजार ७३ भ्याटबापतको आयकर छ लाख ९८ हजार ४१७ गरी २० लाख २२ हजार ४९० रूपैयाँ बक्यौता रहेको छ ।
आकाश भैरव मल्टिपर्पोज प्रालिका प्रदीप साहको आयकर ४७ लाख ७२ हजार ५५१, मुअक पाँच लाख ८७ हजार ९७८ गरी ५३ लाख ७० हजार ४३० रूपैयाँ रहेको छ ।सूर्योदय ट्रेडसका दीपक बोहोराको भ्याट ५१ लाख १० हजार ६४५ रहेको छ । अनुरमा ट्रेडका उमेशकृष्ण श्रेष्ठको आयकर ४८ लाख २२ हजार ३६३ रूपैयाँ रहेको छ । प्रणव ट्रेडर्स राजकुमार धौगोडाको आयकर ३९लाख ९१ हजार १३० रूपैयाँ बाँकी रहेको छ ।
पूर्णिका विजनेस इन्टरनेसनलका सञ्चालक पूर्णिकला लामिछानेको आयकर १९ लाख ८१ हजार ७७३ र भ्याट १८ लाख १७ हजार २४२ गरी जम्मा ३७ लाख ९९हजार १३० रूपैयाँ रहेको छ । पुष्पाञ्जली÷बासुकी एण्ड सनका सञ्चालक बलराम रिजालको भ्याट ३७ लाख ९४ हजार ६६५रूपैयाँ रहेको छ । कर्मा सिभिल सर्भिस प्रालिको नाममा ३५ लाख ८६ हजार ३८७भ्याट बाँकी रहेको छ ।
मण्डला ट्रेडर्सका सञ्चालक श्रीराम श्रेष्ठको भ्याट ३५ लाख ३० हजार ६८५ रूपैयाँ रहेको छ । सूर्या जया ओम डिएस कन्स्ट्रक्सन जेभीका धु्रवकुुमार लम्सालको आयकर १६ लाख ८८ हजार २०९ र भ्याट १५ लाख ९९ हजार २६० गरी ३२ लाख ८७ हजार ४६९ रूपैयाँ बक्यौता रहेको छ । नारायण स्टोर स्मिता केसीको आयकर २९ लाख २२ हजार ६३३ रूपैयाँ रहेको विभागले जनाएको छ । ग्यापक कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका सञ्चालक ताराबहादुर ग्यापकको भ्याट २७ लाख ८६ हजार ७२५ रूपैयाँ रहेको छ । कागेश्वरी वालुवा प्रशोधन उद्योग प्रालिका सञ्चालक शैलेन्द्र कुइँकेलको भ्याट २६ लाख ३० हजार ४१९ रहेको छ ।
मनसुन सप्लायर्सका मनोज राईको भ्याट २६ लाख २० हजार ७५२ रूपैयाँ बाँकी रहेको छ । लार्ज ट्रेड लिंक प्रालिका अर्जुनप्रसाद पटेलको आयकर २८ लाख १८ हजार ८० रहेको छ । मेवोन ह्याण्डिक्राङ्खटका सोनाम छोपेल लामाको आयकर २५ लाख ४७ हजार ५८८ रूपैयाँ रहेको छ । हिमालयन विल्डर्स प्रालिका किशोर शेर्पा भ्याट २४ लाख ४८ हजार ५९१ रहेको छ । रोहित एण्ड छिरिङ कन्स्ट्रक्सन प्रालिका छिरिङ शेर्पाको भ्याट २३ लाख ७७ हजार ५३६ रहेको छ । बिके ट्रेड कन्सर्नका हरिबहादुर कार्कीको आयकर २४ लाख ८२ हजार ७५२ भ्याट २३ लाख आठ हजार ९६ गरी ४७ लाख ९० हजार ८४८ रूपैयाँ बक्यौता रहेको छ ।
यस्तै मनकामना ग्यास (सेवा) डिपोको नरेन्द्र कोइरालाले आयकरबापतको ४५ लाख ७६ हजार ३०८ रूपैयाँ बक्यौता रहेको छ । इण्दिरा इन्टरप्राइजेजका इन्दिरा देवी श्रेष्ठको आयकर ४५ लाख २३ हजार ४५० रहेको छ । एम मिनी मार्टका मिङ्मा डोल्मा भुटिया (कार्की)को आयकर १० लाख ८८ हजार ६६९ मुअक ३३ लाख २२ हजार ६४० गरी जम्मा ४४ लाख ११ हजार ३०९ रूपैयाँ रहेको छ । केयर हिमालयन रिजनका भुथुङछिरिङ गुरुङको आयकर ४१ लाख ९३ हजार ७९४ रहेको छ । बज्र सुन्दरी वालुवा प्रशोधन राम खड्काकतो भ्याट ४१ लाख ३९ हजार ७९ रूपैयाँ रहेको छ । रोयल थोकर कन्स्ट्रक्सनका सञ्जन तामाङको आयकर बक्यौता ४१ लाख १३ हजार ७९ रूपैयाँ बाँकी रहेको विभागबाट प्राप्त विवरणमा उल्लेख छ ।