चितवन - नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को सातौं राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ ।
फोनिजको सातौं राष्ट्रिय महाधिवेशन चितवनकाे पर्यटकीय नगरी सौराहामा चैत ६ र ७ गते हुने तय भएको हाे ।
फोनिजका महासचिव मनोज घर्ती मगरका अनुसार महाधिवेशनमा देशभरका ६० जिल्लाबाट ४८८ पत्रकार सहभागी हुनेछन् ।
यस्तै बेलायत, अमेरिका, जापान, दक्षिण कोरिया, मलेसियालगायत देशमा रहेका आठ विदेश शाखा, आठ संस्थागत सदस्य संस्था तथा सात प्रदेश समितिका पदाधिकारी सहभागी हुने उनले जानकारी दिएका छन् ।
सौराहाको थारु सांस्कृतिक घरमा हुने महाधिवेशनले तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने फोनिजले जनाएकाे छ।