काठमाडौं - साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य स्थिर रहेकाे छ ।
शुक्रबार सुनको मूल्य स्थिर रहेकाे तर चाँदीको मूल्य भने घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हाे ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँ तोकिएको छ ।
यस्तै तेजावी सुन प्रतितोला मूल्य ९९ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
चाँदीको १ हजार ३८५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।शुक्रबारका लागि तोकिएको चाँदीको मूल्य बिहीबारको भन्दा तोलामा ५ रुपैयाँले कम हो ।
एक सातादेखि सुनको मूल्य घट्दो क्रममा छ ।