

काठमाडौं — नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्य र निजी क्षेत्रबीचको सहकार्य विना देशको अर्थतन्त्रको विकास नहुने बताएका छन् । उनले सरकार र निजी क्षेत्रको सहकार्यको वातावरण बन्ने हो भने यसले छोटो समयमा राम्रो रिजल्ट दिने समेत बताए ।
पोखरीया नगरपालिका, पर्सामा वीरगञ्ज उद्योग वाणिज्य संघद्वारा स्तरोन्न तिगरिएको शल्य चिकित्सा कक्षको शुभारम्भ कार्याक्रममा उनले सो कुरा बताएका हुन । वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘ राज्यले निजी क्षेत्रलाई सहजीकरण मात्रगर्ने हो भने निजी क्षेत्रले छोटो समयमा राम्रो रिजल्ट दिन सक्छ ।’
राज्यले निजी क्षेत्रसँग सहकार्य गर्दा राम्रो रिजल्ट आउछ भन्ने कुरा आज समुद्घाटन गरिएको यस अस्पतालले पनि स्पष्ट पार्ने कुरा उनले बताए । यहाँहरूले निजी क्षेत्रसँग सहकार्य गरेर आज यहाँ यो अस्पतालको स्तरोन्नतिगर्न सफल भएको समेत उनले बताए । यसले यो अस्पताल बन्ने र यहाँका स्थानीयलाई सहज स्वास्थ्य सेवामा पहुच पुग्ने मात्र संकेत गर्दैन ।
राज्य र निजी क्षेत्रबीचको राम्रो सहकार्यको पनि सुरुवातको संकेत गरेको उनको भनाई रहेको छ । उनले निजी क्षेत्रलाई राज्यले सहजीकरण मात्रगर्ने हो भने यसले छोटो समयमा धेरै राम्राकामगर्न सक्ने बताए । उनले भने,‘निजी क्षेत्रले पूर्वाधार निर्माण तथा रोजगारी सृजनागर्ने जुन सुकै कामपनिनिजी क्षेत्रले सहज र छिटो गर्न सक्छ, यसलाई राज्यले सहजीकरण मात्र गरे पुग्छ ।’
निजी क्षेत्रले आफ्नो फाइदाको लागिमात्र काम नगर्ने र आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पनि निभाउँदै आएको समेत उनले दाबी गरे । कोभिडको समयमा नेपालको निजी क्षेत्रले खेलेको भूमिकाले निजी क्षेत्रको सामाजिक उत्तरदायित्व थप स्पष्ट पारेको बताउँदै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा राज्यको होस्टेमा हैसे गर्दै निजी क्षेत्रले आइसोलेसन सेन्टर निर्माण, अक्सिजन प्लान्ट हस्तान्तरणदेखि आफ्ना हस्पिटल, होटल, स्कूल, कलेज र उद्योग कलकारखाना तत्काल सरकारलाई सुम्पेको समेत बताए ।