काठमाडौं - सुनको मूल्य एक दिन लामो उच्च मूल्यपछिओरोलो लागेको छ ।
आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले घटेर एक लाख भन्दा तल झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हाे ।
आजका लागि छापावल सुनको मूल्य ९९ हजार ३ सय रुपैयाँ तोकिएको छ । यस्तै छापावल सुनको मूल्य ९८ हजार ८ सय रुपैयाँ तोकिएको छ भने चाँदी तोलामा १० रुपैयाँले घटेर तोलामा १३ सय ७० रुपैयाँ कायम भएको छ ।
गत फागुन २२ मा सुनको मूल्यले एक लाख रुपैयाँ नाघेको थियो । सो दिन प्रतितोला एक लाख एक हजार ९ सय रुपैयाँमा छापावल सुनको कारोबार भएको थियो ।
त्यसयताका ११ दिन सुनको मूल्य हालसम्मकै उच्च बिन्दूमा पुगेको थियो । २६ फागुनमा सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला एक लाख ५ हजार सय रुपैयाँका कारोबार भएको थियो ।