Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • चुनौतीपूर्ण बन्दै विमानस्थलको सुरक्षा
चुनौतीपूर्ण बन्दै विमानस्थलको सुरक्षा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत २, २०७८
TIA_Main news
Hardik health
काठमाडौं– एक व्यापारिक संस्थाले बनाएको संरचनाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा चुनौती थपिएको पाइएको छ । विवादित व्यापारी दीपक मल्होत्रा समूहको स्वामित्वमा रहेको आइएमएस एयरपोर्ट सर्भिसले बनाएको भौतिक संरचनाका कारण विमानस्थलको सुरक्षामा चुनौती थपिएको हो । उक्त समूहले बनाएको कमजोर संरचनाको फाइदा उठाउँदै केही दिन पहिले एक व्यक्ति विनापासपोर्ट र विनाटिकट कतार एयरवेजको विमानसम्म पुगेका थिए । उक्त घटनाले विमानस्थलको सुरक्षाको विषयमा गम्भीर प्रश्न खडा गरेको छ । मल्होत्रा समूहले निर्माण गरिरहेको संरचनाको बार नाघेर विमानसम्म पुगेको ती व्यक्तिमाथि अनुसन्धान गर्ने क्रममा खुलेको थियो । आइएमएस एयरपोर्ट सर्भिसले विमानस्थलमा अनधिकृत संरचना निर्माण गरिरहेको छ । सार्वजनिक जग्गा भाडा लिइ आफूअनुकूल संरचनाहरू निर्माण गरिरहेको स्रोतको दाबी छ । उक्त कम्पनीले सम्झौतामा उल्लेख गरिएको भन्दा बढी तलाको भवन निर्माण गरेकोले अर्को सुरक्षा चुनौती थपिएको विमानस्थलका अधिकारीहरू बताउँछन् । सुरक्षाका दृष्टिले निकै संवेदनशील मानिने विमानस्थल क्षेत्रभित्रै आइएमएसले पूर्वस्वीकृत डिजाइन मिचेर अग्लो भवन बनाउँदा विमानस्थलले देखेको नदेखेझैँ गर्दै आएको छ । सुरूमा तीन तलाको व्यावसायिक भवन बनाउन अनुमति पाएको कम्पनीले पाँच तलाको भवन निर्माण गरिरहेको छ । बेसमेन्ट पार्किङ थप्न विमानस्थल कार्यालयले दिएको निर्देशनलाई आधार बनाएर सतहमाथि तोकिएभन्दा दुई तला बढाएर भवन ठड्याउने काम उक्त कम्पनीले गरेको छ । आइएमएसले निर्माण गरेको भवनले विमानस्थलको सुरक्षामा जोखिम बढेको विज्ञहरू बताउँछन् । विमानस्थल परिसरमा निर्माण कार्यका लागि आइएमएसले विभिन्न प्रकारका कामदार परिचालन गरेको छ । विमानस्थलको आगमनतर्फको भागमा कम्पनीका निजी सुरक्षाकर्मी र बाउन्सरहरू परिचालित छन् । त्यसैको फाइदा लिँदै अवाञ्छित गतिविधि गर्ने व्यक्तिहरूले विमानस्थलभित्र सजिलै पहुँच बनाउनसक्ने चिन्ता विमानस्थलका अधिकारीहरूको छ । विमानस्थलका एक सुरक्षा अधिकारीका अनुसार विमानस्थल विभिन्न तस्कर समूहको क्रीडास्थल बनेको छ । जसले गर्दा विमानस्थलको सुरक्षामा सुरक्षा चुनौती थपिएको ती अधिकारीले बताए । विमानस्थलको पार्किङसँगैको भागबाट एक व्यक्ति बार नाघेर विमान चढ्न पुगेको घटनाले पनि विमानस्थलमा असुरक्षा बढेको पुष्टि हुन्छ । विमानस्थलभित्रको ठूलो क्षेत्र नै प्रहरीको निगरानीभन्दा बाहिर रहेको छ । निजी सुरक्षाकर्मी छन् भनेर बेवास्ता गर्दा विमानस्थल थप असुरक्षित बन्दै गएको जानकारहरूले बताएका छन् । आइएमएसले विमानस्थलमा मनपरि ढंगले संरचना बनाउने र थप्ने काम गरिरहे पनि सरकारी निकायले भने कुनै चासो नदिएकाले सुरक्षा अधिकारीहरू बताउँछन् । मल्होत्राले प्राधिकरणका अधिकारीहरूलाई प्रभावमा पारेर मनलाग्दी तवरले संरचना बनाइरहेको पाइएको छ । आइएमस समूहले ‘एराइभल वाक–वे’सँगै रेस्टुरेन्ट प्रयोजनका लागि बनाएको पहिलो तलामा थप गरिएको संरचनालाई प्राधिकरण सञ्चालक समितिले अनधिकृत ठहर गर्दै तुरुन्तै हटाउन निर्देशन दिएको थियो । तर, मल्होत्राले अझै उक्त निर्णय पालना गरेका छैनन् । सञ्चालक समिति बैठकले पूर्वस्वीकृति नलिइ कम्पनीले संरचना निर्माण गर्दा पनि नरोकी बस्ने प्राधिकरण सम्बन्धित पदाधिकारीलाई विभागीय कारबाही गर्ने निर्णयसमेत गरेको थियो । तर, आइएमएसको राजनीतिक–प्रशासनिक पहुँच र प्रभावका कारण यीमध्ये अधिकांश निर्णय कार्यान्वयन भएका छैनन् । ९ कात्तिक ०६९ मा साविक ‘रसुवा केडी जेभी’सँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले वार्षिक ७० लाख रूपैयाँ भाडा लिने गरी ३० वर्षका लागि जग्गा भाडामा लगाउनेसम्बन्धी सम्झौता गरेको प्राप्त कागजातबाट खुलेको छ । उक्त समूहले २१ महिनाभित्रै पूर्वाधार निर्माण सकेर भाडा अवधि गणना थाल्ने गरी सम्झौता गरेको थियो । उक्त कम्पनीले सम्झौताअनुसार काम नगरी तोकिएअनुसार भाडा तिर्नसमेत आनाकानी गरी छल्दै आएको छ । तत्कालीन समयमा अर्थ मन्त्रालयसहित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्माण, व्यवस्थापन, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा प्रवेशद्वारसँगैको जग्गामा हवाई यात्रु बाहिर निस्कने मार्ग, आगन्तुक प्रतीक्षा कक्ष, चमेना गृह, पर्यटकका लागि मनोरञ्जन पार्क, बगैँचा, बालबालिका क्रीडास्थल, व्यावसायिक भवनलगायत बनाउन विमानस्थल कार्यालयलाई स्वीकृति दिएको थियो । सोही सम्झौताअनुसार विमानस्थलको मुख्य गेटसँगैको ५० रोपनी १५ कट्टा तीन धुर एक पैसा जग्गा ‘रसुवा केडी जेभी’ले भाडामा लिएको थियो । सम्झौता गरेको रसुवा केडी जेभीमा रहेका विमल पोद्दार ३३ किलो सुन प्रकरणमा मुछिएका थिए । विमानस्थलभित्रै व्यापार गरिरहेको यो कम्पनीबारे नेपाल प्रहरीले चासो दिएसँगै थप विवादमा मुछिएको थियो । उक्त कम्पनीको स्वामित्व ‘आइएमएस एयरपोर्ट सर्भिस’ले लिएको छ । सम्झौता हुँदादेखि नै मल्होत्राको कम्पनीले प्रतिनिधिका रूपमा उड्डयन कार्यालयसँग सम्पर्कमा रही अवैध धन्दा चलाउँदै आएको आरोप लागेको थियो । कम्पनीले जिम्मा लिएअनुसार निर्माणको काम सकेर २ कात्तिक २०७१ बाट विमानस्थलको जग्गाको भाडा (बहाल) तिर्नुपर्नेमा सो भाडा नतिरी शक्तिकेन्द्रमा पुुगेको थियो । तर, कम्पनीले तोकिएअनुसार समयमै पूर्वाधार बनाउन ढिलाइ गर्दै सम्झौताबमोजिम समयमै व्यापारिक भवनसहितका पूर्वाधार नबनेपछि १७ चैत २०७१ मा नेपाल नागरिक उड्डयन प्राधिकरणले महानिर्देशकस्तरको निर्णयबाट कम्पनीलाई १८ महिना निर्माण अवधि थपिदिएको थियो । तर, कम्पनीले काम समयमा सम्पन्न नगरी जग्गा ओगट्दै आएको छ । प्राधिकरणले कारबाही गर्नुको सट्टा उल्टै आइएमसको बदमासीमा समर्थन गरिरहेको छ । प्राधिकरणले उक्त भवनबाट विमानस्थलको सुरक्षामा असर नपर्ने भन्दै आइएमएसको बदमासी ढाकछोप गर्दै आएको हो । मल्होत्राले भने काठमाडौं महानगरपालिकाबाटै उक्त भवनको नक्सापास गराएको दाबी गर्दै आएका छन् । प्राधिकरणकै सहमतिमा उक्त तला थपेको उनको दाबी छ । भाडाको विवाद अदालतसम्म सरकारबाट भाडा लिएको सार्वजनिक जग्गा र संरचना मल्होत्रा समूहले अन्य व्यक्ति तथा व्यापारिक संस्थालाई पनि भाडामा लगाएको छ । त्यसबाट अत्यधिक महँगो भाडा असुल गरिएको व्यापारीहरूको गुनासो छ । तर, मल्होत्रा समूहले भने लामो समयदेखि सरकारी ढुकुटीमा बुझाउनुपर्ने भाडा रकम नबुझाएको पाइएको छ । विमानस्थलमा सवारीसाधनसँग महँगो पार्किङ शुल्क असुली गर्ने र अवैधरूपमा निर्माण गरेको भौतिक संरचनासमेत भाडामा लगाइ मासिक करोडौँ रूपैयाँ भाडा असुली गर्दै आएको मल्होत्रा समूहले सरकारलाई भने अहिलेसम्म भाडा नतिरेको हो । त्यहाँ बनेको व्यापारिक भवनमा रेस्टुरेन्टसहित अन्य सेवामा पनि अत्यधिक महँगो भाडामा लगाएको पाइएको छ । ५१ रोपनी सरकारी जग्गामा हालीमुहाली गरिरहेको निजी कम्पनी भने भाडा छल्न र ‘लिज’ अवधि लम्ब्याउन अहिले सरकारी निकायलाई दबाब दिन शक्तिकेन्द्र धाइरहेको छ । शक्ति केन्द्रको प्रयोग गरी मल्होत्रासँग कमिसन असुलिरहेका रसुवाका ठेकेदार तथा कांग्रेस सांसद मोहन आचार्य लागिपरेका छन् । विमानस्थलको जग्गा भाडामा लिएको ठेकेदार कम्पनी आइएमएस एयरपोर्ट सर्भिसले लिज अवधिबारे बखेडा झिकेपछि विवाद अदालत पुगेको छ । साढे पाँच वर्षको बहाल अवधि लम्ब्याउने गरी आदेश माग्दै आइएमएस एयरपोर्ट सर्भिस अदालत गएपछि सम्झौताअनुसार लिज अवधि गणना गर्न माग गर्दै नागरिक उड्डयन प्राधिकरण पनि उच्च अदालत पुगेको छ । विमानस्थल कार्यालयले भने बहाल अवधिको गणना सुरू भइसकेकाले भाडा तिर्न भन्दै कम्पनीलाई पत्राचार गरे पनि उक्त पत्रको बेवास्ता गर्दैै आएकोे छ । पटकपटक भाडा चुक्ता गर्नू÷गराउनू भन्दै गरेको पत्राचारलाई समेत लत्याउँदै अटेर गरेर आएपछि प्राधिकरणले भवनबाट उठ्ने भाडा रकम रोयल्टीबापत आउने १५ प्रतिशत राजस्वसमेत विमानस्थलले गुमाउँदै आएको छ ।
प्रकाशित मिति: बुधबार, चैत २, २०७८  ०८:५३
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP