Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • बदर मत न्यूनीकरण गर्न समन्वय कार्यक्रम
बदर मत न्यूनीकरण गर्न समन्वय कार्यक्रम
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत २, २०७८
Hardik health
पाल्पा– आगामी निर्वाचनमा बदर मत न्यूनीकरण गर्न जिल्लास्तरीय सरोकारवाला निकायबीच समन्वय कार्यक्रम भएको छ । मतदाता शिक्षा अभियान सञ्चालन नै गरी बदर मत कम गर्न र गराउने थालिएको हो । दलित महिला तथा सीमान्तकृत समुदायको निर्वाचन र राजनीतिक सहभागिता अभिवृद्धिका लागि मतदाता शिक्षा अभियान सञ्चालन गरिएको हो । मंगलबार दलित महिला संघ, पाल्पा युएसएआइडी र आइइएसको सहयोगमा पाल्पामा दलित महिला तथा सीमान्तकृत समुदायको निर्वाचन र राजनीतिक सहभागिता अभिवृद्धिका लागि मतदाता शिक्षा अभियानअन्तर्गत ‘मेरो मत मेरो अधिकार, बन्छ सुनौलो भविष्यको आधार, आफू सिकौँ र अरु थप पाँच जनालाई पनि सिकाऔँ’ भन्ने नाराका साथ सो समन्वय कार्यक्रम सम्पन्न भएको छ । जिल्लास्तरीय सरोकारवाला निकायबीच भएको सो कार्यक्रममा जिल्लाका चार स्थानीय तहमा २० अभियन्ताले मतदाता शिक्षासम्बन्धी सचेतना गर्नेछन् । पाल्पा जिल्लाको तानसेन नगरपालिका, बगनासकाली, रिब्दीकोट, रम्भा गाउँपालिकामा सञ्चालित मतदाता शिक्षा अभियानअन्तर्गत स्थानीय तहसँग समन्वय, समुदाय अभिमुखीकरण, नमूना मतदान, सडक नाटक र घरदैलो कार्यक्रम सञ्चालन गर्ने दलित महिला संघका जिल्ला संयोजक तुल्सी बुढाप्रितीले बताईन् । कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे, नेपाली कांग्रेसका उपाध्यक्ष झपेन्द्र गहिरे, नेकपा माओवादीका मधुरा ढकाल, नेकपा एकीकृत समाजवादीका सचिव मोहन गैरे, राजमोका अध्यक्ष विशाल दर्लामीले नागरिकमा दिइने मतदाता शिक्षाका कारण बदर मत न्यून हुने बताए । जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रशासकीय अधिकृत रमा श्रेष्ठ र निर्वाचन कार्यालय पाल्पाका सूचना अधिकारी कल्पना पौडेलले जनप्रतिनिधि छनोट गर्ने अधिकार नागरिकको रहेकाले मतदान प्रक्रियामा बदर मत कम गर्न र गराउने अभियान सफल बनाउनुपर्ने बताए । सरकारी निकायबाट सञ्चालन गर्नुपर्ने काम दलित महिला संघबाट सञ्चालन हुनु र नागरिकलाई सचेत बनाउने काम राम्रो भएको उनले बताए । संघका जिल्ला अध्यक्ष शान्ता गहतराजले दलित तथा सीमान्तकृत समुदायका महिला स्थानीय सरकारको नेतृत्वमा देखिनुपर्ने दलित समुदायको माग रहेको बताईन् । कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रमुख, जिल्ला प्रशासन कार्यालय पाल्पा, जिल्ला निर्वाचन कार्यालयका प्रतिनिधि, सञ्चारकर्मी, तथा सरोकारवाला निकायबीच छलफल सम्पन्न भएको हो ।
प्रकाशित मिति: बुधबार, चैत २, २०७८  ०८:३३
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP