काठमाडौं - शाैर्य सिमेन्ट कम्पनीले छोटो १० महिनामा १० लाखको ब्रिक्रि गरेकाे छ ।
शाैर्य सिमेन्ट एक लोकप्रिय ब्राण्ड स्थापित हुँदै आफ्नो व्यवसायिक उत्पादनको छोटो अवधिमा १० महिनामा मासिक १० लाखको ब्रिक्रि लक्ष्य हाँसिल गर्न सफल भएको हाे ।
व्यवसायिक उत्पादनको पहिलो महिना ७८ जेष्ठदेखी नै ग्राहकवर्गको विश्वास जित्न सफल भएकाे कम्पनीले जनाएकाे छ ।
हालको निर्माण क्षेत्रको जटिल परिस्थितिमा पनि यस कम्पनीको यात्रा अत्यन्तै सरहनिय भएकाे कम्पनीकाे जिकिर छ ।
हाल बजारमा शाैर्य ओ पि सि -५३ ग्रेड, शाैर्य ओ पि सि- ४३ ग्रेड,पि एस सि सिमेन्ट उपलब्ध गराएको छ र निकट भविष्यमा पि पि सि र लो अल्काली सिमेन्ट उत्पादन गर्ने योजना रहेको कम्पनिले जनाएकाे छ ।
हरेक पाइलामा चुनाैतीलाई अवसरमा परिणत गर्दै आफ्नो लक्ष्यतर्फ अघि बढ्दै उदयपुरको सुन जस्तो चुनढुङ्गाबाट उत्पादित यस सिमेन्ट विशाल परियोजना तथा आम नेपाली माझ लोकप्रिय र गुणस्तरीय ब्राण्ड बन्न सफल भएको दाबी गरेकाे छ ।