विराटनगर - विगत केही समययता अन्तर्राष्ट्रिय बजारमा उपभोग्य वस्तुहरुको मुल्य वृद्धि सरकारसमक्ष उद्योग संगठनले स्थिती अनुरुपको अभ्यास गर्न अनुरोध गरेकाे छ ।
रुस र युक्रेनबीच जारी युद्धका साथै डलरको बढ्दो विनियम दरका कारण खानेतेल, उपभोग्य वस्तु, खाद्यसामाग्रि, निर्माण सामाग्रि ,उकालो लागिरहेको पेट्रोलियम पदार्थको मूल्यलगायतको अन्य वस्तुको मुल्य निरन्तर उकालो लागिरहेकोमा सरकारसमक्ष मोरङ उद्योग संगठनले स्थिती अनुरुपको अभ्यास गराउन अनुरोध गरेकाे हाे ।
उद्योग संगठनका अनुसार खाने तेल उत्पादन गर्ने उद्योगहरुको मुख्य कच्चा पदार्थका रुपमा रहेको क्रुड सोयावीन तेल, क्रुड सनफलावर तेल, क्रुड पाम आयल र तोरिको दाना ब्राजिल, अर्जेन्टिना, क्यानाडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुबाट यसअघि जनवरी २०२२ मा यु. एस. डलर १५२५ मा प्रति मेट्रिक टनमा आयात भईरहेको थियाे ।
हाल उत्त वस्तुकाे लागि यु.एस. डलर २१२५ सम्म खर्च गर्नु परिरहेको छ भने ईन्धनमा भईरहेको मुल्य वृद्धिले तेश्रो मुलुक देखि उद्योग परिसरसम्मको ढुवानी भाडाका साथै बढदो बैक ब्याज दरले उद्योगहरुको वस्तु उत्पादन लागत निरन्तर वृद्धि भईरहेको उद्योग संगठनले जनाएकाे छ ।
देशका अधिकांश स्वदेशी उद्योगहरु विदेशी कच्चा पदार्थ निर्भर रहेकाले अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मुल्यमा उतार चढाब आउँदा त्यसको प्रत्यक्ष प्रभाव स्वदेशी उद्योगको उत्पादनमा पर्ने गरेको संगठनकाे भनाइ छ ।
संगठनका अनुसार कच्चा पदार्थको आयातमा बढ्दो लजिस्टिक कष्ट, व्याजदरमा भईरहेको वृद्धि, चालु पूँजीको अभावबाट उत्पादनमूलक उद्योगहरुमा सिर्जित समस्या र हरेक क्षेत्रलाई महगाईले पिरोलेको समयमा केवल एक क्षेत्र मात्र दोषारोपण गर्नु न्यासंगत देखिँदैन ।
अन्तर्राष्ट्रिय अभ्यासहरुमा बजारमा वस्तुको मुल्य वृद्धि भएको अवस्थामा आम उपभोक्तालाई राहत दिन सरकारले कच्चा पदार्थ लगायत उत्पादनको क्रममा प्रयोग हुने वस्तुमा लगाउँदै आएको करमा कटौति गरी आमउपभोक्तालाई राहत दिने प्रचलन भएकाले विश्वको हालको वदलिदो परिस्थितीलाई मध्यनजर गरी स्थिती सहज नहुन्जेलसम्म सोही अनुरुपको अभ्यासलाई कार्यान्वयनमा ल्याउनु पर्ने सघले बताएकाे छ ।
वर्तमान असहज अवस्था, विभिन्न कठिनाई र विदेशी वस्तुका साथ प्रतिष्पर्धाका वावजुद स्वदेशी बजारको आवश्यकता पूर्ति गर्ने भावका साथ उत्पादनलाई निरन्तरता दिई आपूर्ति श्रृखलालाई सन्तुलनमा राख्न सहयोग पु¥याउदै आएका उद्योग व्यवसायका साथै आम उपभोक्तालाई समेत राहत दिने नीति तत्काल अवलम्वन गर्न उद्योग संगठन मोरङ नेपाल सरकार समक्ष अनुरोध गरेकाे छ ।