काठमाडाै - सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य घटेकाे छ ।
छापावाल सुनको मूल्य प्रतितोला रु ५००ले घटेर रु एक लाख दुई हजार ३०० मा भएकाे छ ।
पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार ८००मा कारोबार भएको थियोे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ८०० तोकिएको छ ।
आइतबार तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुइ हजार ३०० थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर एक हजार ४१५ तोकिएको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा दैनिक कारोबार मूल्य महासङ्घले तोक्दै आएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७३ डलर आसपास कारोबार भइरहेको महासङ्घले जनाएको छ ।