Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • हात्तीपाइले रोग न्यूनीकरण अभियान
हात्तीपाइले रोग न्यूनीकरण अभियान
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन २९, २०७८
MD_Morang-28c
Hardik health
झापा– नेपालमा हात्तीपाइले (फाइलेरिया) रोग एक प्रमुख जनस्वास्थ्य समस्याको रूपमा स्थापित भएकोले यसको न्यूनीकरणको लागि अभियान नै सञ्चालन गरिएको छ । शनिबारदेखि हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियानमा उत्साह देखिएको हो । व्यक्तिको उचाइअनुसार नौ वटा चक्कीसम्म खान हुने सो औषधि छारेरोग, गर्भवती महिला, सुत्केरी महिला, सिकिस्त बिरामी र दुई वर्षभन्दा कम उमेरका बालबालिका सेवन गर्न हुँदैन्। जुकाको औषधिसमेत खुवाइने यो अभियानमा झापा जिल्लामा एक साता सम्म चल्ने छ भने मोरङमा १४ दिनसम्म चल्ने छ । यस वर्ष झापामा साढे आठ लाखलाई हात्तीपाइलेविरुद्धको औषधि सेवन गराइँदै छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईंले जिल्लामा नौ लाख ३५ जनामध्ये आठ लाख ४३ हजारलाई औषधि सेवन गराइने जानकारी दिए । प्रदेश नं १ मा झापा र मोरङमा मात्र यो अभियान सुरु भएको छ । झापामा दुई प्रकारका र मोरङमा तीन प्रकारका औषधि सेवन गराइने छ । अभियानअन्तर्गत स्वास्थ्यकर्मी र स्वयंसेवक छ/छ सय परिचालन गरिएको छ भने उनीहरूमार्फत हात्तीपाइले रोगविरुद्धको औषधि (डीइसी) २० लाख ७२ हजार १४ डोज र एल्बेन्डाजोल नौ लाख २० हजार ८९५ डोज वितरण गरिनेछ । औषधि खुवाउने बेलामा छुटेका तथा रोगी व्यक्ति रोग निको भएपछि सम्बन्धित स्वास्थ्य संस्थामा गई औषधि सेवन गर्न सक्नेछन् । झापामा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन दर पनि बढ्दै गएको छ । सन् २०१२ देखि हात्तीपाइले रोगविरुद्धको अभियान सुरु भएयता औषधि सेवन दर बढ्नुका साथै रोगीको संख्यामा पनि कमी आएको छ । झापामा २०१२ मा जिल्लामा ५५.५९ प्रतिशतले औषधि सेवन गरेका थिए भने २०२१ मा ८५ प्रतिशतले औषधि सेवन गरेको स्वास्थ्य कार्यालय झापाको तथ्यांक छ । स्वास्थ्य कार्यालय झापाले औषधि सेवनलाई शतप्रतिशतमा पुर्‍याउन लक्ष्य लिएको छ । चालु आर्थिक वर्ष २०७८÷०७९ मा २९२ मा हात्तीपाइलेका नयाँ रोगी फेला परेका छन् । जसमा हाइड्रोसिल १४६, खुट्टा सुन्निएका १४० र हात र स्तन सुन्निएका छ जना रहेका छन् । गत आव २०७६/०७७ मा जिल्लामा ३५१ मा हात्तीपाइले देखिएको छ । झापामा २४ प्रतिशत संक्रमण दर रहेकोमा अहिले घटेर २.३३ जनामा झरेको छ । मोरङमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवनमा आम नागरिकको उत्साह देखिएको छ । करिब १० लाख मानिसले सेवन गराउने लक्ष्य लिईएको छ । यो औषधि सेवन गराउन जिल्लाभरि ७३२ जना स्वयंसेवक परिचालन भएको र यसपटकको औषधि सेवन ११ औँ हो । हात्तीपाइले (फाईलेरिया) रोग विश्वका ७० भन्दा बढी मुलुकहरूमा पाइएको छ । यी देशहरूमा बसोबास गर्ने एक अरब चालिस करोड भन्दा बढी मानिसहरू यो रोगको संक्रमणको जोखिममा रहेका छन् । हाल १२ करोड मानिसहरू यो रोगबाट संक्रमित भएको अनुमान गरिएको छ । यस मध्ये १.५ करोड मानिसहरूमा हात्तीपाईलेर २.५ करोडमा अण्डकोष तथा यौनांग सुन्निएको पाईएको छ । बाँकी दुई तिहाई मानिसहरू (८ करोड) साधारण खाले लक्षणहरू वा बाहिरी लक्षणहरू नदेखिएको अबस्थामा छन् । हात्तीपाइले (फाईलेरिया) रोगबाट प्रभावित मुलुकहरू मध्ये धेरै जसो दक्षिण अमेरिका, अफ्रिका, दक्षिण पूर्व एशिया र पश्चिमी प्रशान्त एशियाका अधिकांश सर–सफाईको कमी भएका गरिब मुलुकहरू पर्दछन्। सन्२००० देखि २०१६ सम्म विश्वमा ८२ करोड भन्दा बढि मानिसले ६ अरब भन्दा बढि मात्रा औषधि सेवन गरिसकेका छन्। जसका कारण झण्डै १० करोड जनामा नयाँ संक्रमण हुन रोकिएकोअनुमान गरिएको छ । दक्षिण पूर्व एशियामा हात्तीपाइले (फाईलेरिया) रोगको अवस्था हाम्रो दक्षिण पूर्व एशिया क्षेत्र भित्र हात्तीपाइले (फाईलेरिया) रोगबाट प्रभावित ठाउँहरूमा बसोबास गर्ने विश्वकोकूल प्रभावित क्षेत्रमा बस्नेसंख्याको६२ प्रतिसत अर्थात ८० करोड भन्दा बढी मानिसहरू छन्। त्यस्तै ६ करोड मानिसहरूलाई यो रोग लागेको अथवा यिनीहरूको रगतमा यो रोगको परजिवी रहेको पाइएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  ०८:१८
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP