

काठमाडौं– राजधानीको भृकुटीमण्डपमा शुक्रबारदेखि सुरु भएको नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीमा गोर्खा इको प्यानलको स्टलप्रति अवलोकनकर्ताको आकर्षण देखिएको छ । प्रदशर्नीको दोश्रो दिन शनिबार पनि गोर्खा इको प्यालनको स्टलमा हजारौ अवलोकनकर्ताले रुचिपूर्वक अवलोकन भ्रमण गरे ।
गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर सुरेश कवांले नयाँं निर्माण सामाग्री भएका कारण आफूहरूको स्टलप्रति आकर्षण देखिएको हुनसक्ने जनाए । गोर्खा इको प्यालन पछिल्लो पटक आएको नयाँं निर्माण सामाग्री हो । यो स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रूपमा प्रयोग हुने निर्माण सामाग्री हो । हलुका, भूकम्पप्रतिरोधी, तीव्र निर्माण सम्भव हुनेलगायतका कारण यो निर्माण सामाग्री पछिल्लो पटक देशैभरि लोकप्रिय छ । यही कारण गोर्खा इको प्यानल पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नै ठाउँंठाउँंमा डिलरहरूमार्फत् देशभर विक्रीवितरण भइरहेका छन् ।
विशेष गरेर इन्जिनियरहरूले रुचि देखाएको जनाइएको छ । भृकुटीमण्डपमै इन्जिनियरहरूको अधिवेशन भइरहेकोले अधिवेशनमा आएका इन्जिनियरहरूले अभिरुचिपूर्वक अवलोकन गरेको सीईओ कवांले जनाए । अन्तर्राष्ट्रिय प्रदर्शनीमा विभिन्न देश का तीन सय भन्दा बढी ब्राण्डका एक सय ५० भन्दा बढी स्टल रहेको जनाइएको छ । निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनकाबारेमा जानकारी गराउने र यस क्षेत्र माआउने नयाँ–नयाँप्रविधिकाबारेमा जानकारी गराउन यो प्रदर्शनी बिगत ६ वर्षदेखि हरेक वर्ष सञ्चालन हुँदै आएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार प्रदर्शनीमा टाइटल स्पोन्सर हुलास स्टील इन्डष्ट्रिज रहेको छ भने नेपाल इन्जिनियरिङ एसोसिएसन, निर्माण व्यवसायी महासंघलगायतका संस्थाहरूको सहयोग रहेकोे बताइएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । प्रदर्शनी आइतबारसम्म चल्नेछ ।
प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरीरहेका नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियर, कन्ट्रयाक्टरस, विल्डरस, इन्टेरियर डिजाइनरहरू, घर बनाउन चाहने व्यक्ति तथा आमनागरीकको उल्लेखनीय सहभागिता रहने बताइएको छ ।
अन्तर्राष्ट्रिय प्रदर्शनीको मुल उद्घेश्यको रूपमा विगतमा झैँ नेपालको निर्माण क्षेत्रमा नयाँ प्रविधिका सामान भित्रयाउने र विदेशमा सफलतापूर्वक प्रयोग भएका नयाँ प्रविधिहरूलाई नेपाली बजारमा सहज उपलब्ध गराउने महत्वपूर्ण माध्यम हुने आयोजकले जनाएको छ ।