काठमाडाै - नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ ।
शुक्रबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ ताेलामा एक लाख दुई हजार ६ सय रुपैयाँले कारोबार भइरहेको छ ।
बिहीबार सुन तोलाको एक लाख दुई हजार रुपैयाँ कायम भएकाे थियो । आज तेजाबी सुनको भाउ तोलाको एक लाख दुई हजार एक सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ । बिहीबार एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार चार सय १५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।