Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • संखुवासभा बस दुर्घटनामा १६ जनाको मृत्यु
संखुवासभा बस दुर्घटनामा १६ जनाको मृत्यु
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन २७, २०७८
Hardik health
विराटनगर– संखुवासभा, मादी नगरपालिका–६ सातघुम्तीस्थित सडकमा मादीबाट झापातर्फ जाँदै गरेको बस दुर्घटना हुँदा चालक सहित १५ जनाको मृत्यु भएको छ । बिहीबार बिहान मादीबाट झापातर्फ जाँदै गरेको बा.४ ख ७३५ नम्बरको बस सडकबाट अन्दाजी ३ सय मिटर तल खसेर दुर्घटना हुँदा चालक सहित १५ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । दुर्घटनामा मादी नगरपालिका–६ बस्ने ३० वर्षीया सिता बिक, ३२ वर्षीया अञ्जना कटुवाल, ५ वर्षीया दिक्षा कटवाल, सोही नगरपालिका–५ बस्ने बसका सहचालक उमेश भट्टराई, ४९ वर्षीय भवानी प्रसाद दाहाल, ४८ वर्षीय दिपक कुमार दाहाल, ५५ वर्षीय श्याम शेर्पा, सोही नगरपालिका–२ बस्ने ४२ वर्षीय ईन्द्र अधिकारी, सोही नगरपालिका–४ बस्ने ६० वर्षीय बल बहादुर कार्की, २८ वर्षीया सबिता कार्की, आईत बहादुर तामाङ, बसका चालक तेह्रथुम फाक्चामारा बस्ने ३१ वर्षीय विपिन निरौला, ताप्लेजुङ घर भएका ३१ वर्षीया समिक्षा योञ्जन र ताप्लेजुङकै ८ वर्षीय सुदिप घिसिङको घटनास्थलमै मृत्यु भएको छ भने मादी नगरपालिका–५ बस्ने २७ वर्षीया युका पोखरेलको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर हुँदै घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाको खबर प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय संखुवासभा र ईलाका प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरीले दुर्घटनामा घाइते भएका युका पोखरेल समेत ५ जनालाई उद्धार गरी लगिएकोमा थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरद्वारा धरान घोपा पठाएको थियो । दोलखा, गौरीशंकर गाउँपालिका–४ स्थित सडकमा ना.६ त २७७५ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर विहिबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार गौरीशंकर गाउँपालिका–४ गोर्तान बस्ने ३३ वर्षीय लिला बहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका चालक सोही गाउँपालिका बस्ने २१ वर्षीय आङ फुर्वा शेर्पा लगायत ४ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाइतेलाई थप उपचारका लागि धरान लगियो बस दुर्घटनाका घाइते पाँच जनालाई हेलिकप्टरबाट थप उपचारका लागि धरान लगिएको छ । घाइते पाँच जनालाई नै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि लगिएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए । घाइते डम्बरबहादुर कार्की, करिष्मा तामाङ, तुलसा कटुवाल, सुवास तामाङ र युवा पोख्रेललाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि धरान लगिएको छ । उपराष्ट्रपतिद्वारा दुःख व्यक्त उपराष्ट्रपति नन्दबहादुर पुनले सङ्खुवासभाको मादी नगरपालिका–६ पुलुङस्थित सात घुम्तीमा यात्रुबाहक बस भीरबाट खस्दा ठूलो मानवीय क्षति हुने गरी भएको सडक दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उपराष्ट्रपतिले सङ्खुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको बा४ख ७३५ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ज्यान गुमाउनु भएकाहरू प्रति श्रद्धाञ्जली दिँदै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । उपराष्ट्रपतिले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचारका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । उपराष्ट्रपतिले बढ्दो सडक दुर्घटनाप्रति चिन्ता व्यक्त गर्दै पछिल्ला सडक दुर्घटनाको उचित छानबिन गरी सो छानबिन प्रतिवेदनका आधारमा सडक दुर्घटना न्यूनीकरणको योजना बनाएर कार्यान्वयन गर्न सरकारको गम्भीर ध्यानाकर्षणसमेत गराएका छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन २७, २०७८  ०८:२८
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP