सिन्धुपाल्चोक - सिन्धुपाल्चोकमेलम्ची बाढी प्रभावित क्षेत्र संरक्षणका लागि चार करोड विनियोजन गरेको छ । मेलम्ची र इन्द्रावती बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलो चरणमा रु चार करोड रकम विनियोजन गरेको हाे।
भू तथा जलाधार संरक्षण कार्यक्रमअन्तर्गत मन्त्रालयले असार १ र साउन १६ गते आएको मेलम्ची र इन्द्रावती बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि ३१ योजनासहित तत्काल रु चार करोड रकम स्वीकृत गरेको छ ।
पाँचपोखरी, हेलम्बुबाट ढाँडखोलासम्म ३१ योजनाका लागि रु चार करोड तत्काललाई विनियोजन गरे पनि बाँकी रु सात करोड रकम पनि यही आर्थिक वर्ष २०७८/७९ मा स्वीकृत भई कार्यान्वयनमा आउने प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य युवराज दुलालले बताएका छन् ।
प्रदेशसभा सदस्य दुलालको पहलमा बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि सरकारले बजेट विनियोजन गरेको बताइएकाे छ । मेलम्ची र इन्द्रावती नदी नियन्त्रण तथा बस्ती संरक्षणका लागि पहिलो चरणमा पाँचपोखरी, हेलम्बुबाट ढाँडखोलासम्म योजना मुताविक विनियोजित रकमबाट काम हुने दुलालको भनाइ छ ।