Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #रवि लामिछाने
  • #एमाले महाधिवेशन
  • #एनएफपिजे
  • #फाउल_पोक्स
  • #श्रम संस्कृति पार्टीका उपाध्यक्ष देवराज लामा
  • #रास्वपा
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #राजेन्द्र गौतम
Search Here
प्रवास
  • Home
  • प्रवास
  • हरियो मतपत्र प्रयोग हुने
हरियो मतपत्र प्रयोग हुने
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन २४, २०७८
Hardik health
काठमाडौं– आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा प्रयोग गरिने मतपत्रको रंगबारे टुंगो लागेको छ । आसन्न स्थानीय तह निर्वाचन प्रयोजनका लागि छापिने मतपत्रमा हरियो रङको प्रयोग हुने भएको हो । मतपत्र र स्वस्तिक छापको मसी एकै प्रकारका हुँदा मतगणनामा समस्या भएको गुनासो आएको भन्दै निर्वाचन आयोगले मतपत्रको मसी परिवर्तन गर्ने निर्णय गरेको हो । निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ गर्दा मतपत्रमा हुने चिह्न, विवरण तथा सुरक्षण चिह्न हरियो मसीले छपाइ गर्ने निर्णय गरिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिएका छन् । यसअघि आयोगले ०७४ सालको निर्वाचनमा मतपत्रमा निलो मसीको प्रयोग गरेको थियो । अघिल्लो निर्वाचनमा मतपत्रको रंग र स्वस्तिक चिह्नमा प्रयोग गरिने मसीको संग एउटै हुँदा समस्या देखिएको भन्दै गुनासो आएको थियो । मतगणनाका क्रममा मतपत्र र छापमा प्रयोग गरेका मसी एउटै हुँदा विवाद भएको कुरालाई ध्यानमा राख्दै मतपत्रको रंग परिवर्तन गर्ने निर्णय गरिएको आयोगले जनाएको छ । सहप्रवक्ता ढकालका अनुसार मतपत्र र चिह्न तथा स्वस्तिक छापको मसी एकै प्रकार (निलो) को हुँदा रातको समयमा मतगणना गर्न गाह्रो भएको गणकबाट गुनासा आएका थियो । मतपत्र र स्वस्तिक छापको मसीका कारण देखिने अप्ठ्यारा कम गर्न मतपत्रमा प्रयोग हुने मसी परिवर्तन गरिएको उनले बताए । आयोगले आगामी निर्वाचनको तयारी तीव्र पारेको छ । यसवर्ष मतदाता शिक्षाका कार्यक्रम कम भएपछि अन्य तयारीका कार्य भइरहेको आयोगले जनाएको छ । मतदाता शिक्षाका लागि विभिन्न विद्युतीय सञ्चारका माध्यम प्रयोग गर्ने आयोगको तयारी छ । त्यसका लागि श्रव्य तथा दृश्य सामग्री तयार पार्ने काम भइरहेको छ । वरिष्ठ साहित्यकार, गीतकार र संगीतकारहरू संलग्न समितिले निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षाका लागि अडियो÷भिडियो सामग्री निर्माणका लागि प्राप्त रचनाको मूल्यांकन गरिरहेको आयोगले जनाएको छ । मतदाता नामावली अद्यावधिकको काम भइरहेको आयोगले जनाएको छ । मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन लिने, कसैले झुट्टा विवरण दिएको भएको सोको सम्बन्धमा उजुरी दिने, एकभन्दा बढीस्थानमा मतदाता नामावली भए हटाउनका लागि सूचना दिनेलगायत क्रियाकलाप चलिरहेको आयोगले जनाएको छ । मतदाता अद्यावधिकका काम यही २६ फागुनसम्म जारी रहने आयोगले जनाएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरूले पनि आवश्यक तयारी तीव्र पारेका छन् । विभिन्न राजनीतिक दलहरूले गाउँ तथा टोल–टोलमा विभिन्न राजनीतिक गतिविधि तीव्र पारेका हुन् । विभिन्न टोलमा संगठन विस्तार, विभिन्न भेला तथा बैठकहरू तीव्र रूपमा भइरहेको दलहरूको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  ०८:५२
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण
एनआरएनएद्वारा प्रहरी वृत्त दरबारमार्गलाई ब्यारिकेड हस्तान्तरण शुक्रबार, पुस ४, २०८२
एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा
एनआरएनएको १२औँ महाधिवेशन फेब्रुअरीमा सोमबार, मंसिर २९, २०८२
एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड सञ्चालनका लागि सरकार सकारात्मक छ :  अर्थमन्त्री खनाल
एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड सञ्चालनका लागि सरकार सकारात्मक छ :  अर्थमन्त्री खनाल बिहीबार, मंसिर २५, २०८२
एनआरएनए महासचिव लामाले ल्याए सदस्यता विकेन्द्रीकरण र पारदर्शिताको मोडेल
एनआरएनए महासचिव लामाले ल्याए सदस्यता विकेन्द्रीकरण र पारदर्शिताको मोडेल बिहीबार, मंसिर २५, २०८२
एनआरएनए एकतालाई प्रभावकारी बनाउन सबै मुद्दा फिर्ता गर्न उपाध्यक्ष साहको आग्रह
एनआरएनए एकतालाई प्रभावकारी बनाउन सबै मुद्दा फिर्ता गर्न उपाध्यक्ष साहको आग्रह सोमबार, मंसिर २२, २०८२
एनआरएनएबीचको ऐतिहासिक एकता दिगो कायम होस्: सञ्‍चारमन्त्री खरेल
एनआरएनएबीचको ऐतिहासिक एकता दिगो कायम होस्: सञ्‍चारमन्त्री खरेल आइतबार, मंसिर १४, २०८२
गैरआवासीय नेपाली संंघकाे एकता कोशेढुंगा सावित हुनेछः प्रधानमन्त्री कार्की
गैरआवासीय नेपाली संंघकाे एकता कोशेढुंगा सावित हुनेछः प्रधानमन्त्री कार्की आइतबार, मंसिर १४, २०८२
लोकप्रिय
  • Week
  • Month
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत
नबिल बैंककाे   पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
नबिल बैंककाे पाँच करोड कित्ताकाे शेयर’ बाँडफाँट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP