Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • युक्रेन संकटमा भाइरल बनेकी युक्रेनी टिकटक स्टार
युक्रेन संकटमा भाइरल बनेकी युक्रेनी टिकटक स्टार
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन २४, २०७८
Marta
Hardik health
काठमाडौं – युक्रेनसँग सम्बन्धित भिडियो बनाउने २० वर्षकी मार्ता वसुता अहिले टिकटकमा लोकप्रिय नाम हो । आमरूपमा उनी टिकटकको प्रयोग त्यसरी नै गर्थिइन्, जसरी उनको उमेरका अन्य युवायुवती गर्छन् । गत सातासम्म उनको टिकटक प्रोफाइलमा केही हजार फलोअर थिए । उनी आमरूपमा आङ्खनो मनपर्ने संगीतमा लिपसिंक भिडियो, नाइट आउटको भिडियो अपलोड गर्थिइन् । रुसले जब युक्रेनमाथि हमला गर्यो, त्यो समय मार्ता ब्रिटेनमा आङ्खनो युनिभर्सिटीका साथीहरूलाई भेट्न आएकी थिइन् । यस्तो अवस्थामा कीभमा भएको हमलाको खबर सुनेर र देखेर उनी डराएकी थिइन् । त्यसपछि मार्ताले जुन काम गरिन्, त्यो कामले उनलाई रातारात ‘टिकटकको प्रभावशाली व्यक्ति’ बनाइदियो । तीन भाषा बोल्छिन् मार्ता फेब्रुअरी २३ पछि युक्रेनमा चलिरहेको संघर्षसँग जोडिएको जुन भिडियो उनले सेयर गरेकी छन्, त्यसमा करोडौं भ्यूज छ । टिकटकमा धेरै व्यक्ति, खासगरी युवा जमात युक्रेनसँग सम्बन्धित खबर र भिडियोका लागि मार्तामाथि नै भरोसा गर्न थालेका छन् । ‘म मानिसहरूलाई युक्रेन केवल युक्रेनका मानिसको समस्या होइन, यो हरेक व्यक्तिको समस्या रहेको सम्झाउन चाहन्छु’, उनी भन्छिन् । मार्ता धाराप्रवाह युक्रेनियन, रसियन र अंग्रेजी बोल्छिन् । जसै उनले युक्रेनमाथि रुसले आक्रमण गरेको खबर सुनिन्, उनी टेलिग्राम मेसेन्जिङ एपमा युक्रेनको च्यानल खोज्न थालिन् । टेलिग्राम मेसेन्जिङ एप युक्रेनमा निकै लोकप्रिय छ । यी च्यानलमा युक्रेनका व्यक्तिहरू लगातार भिडियो अपलोड गरिरहेका थिए । मार्ताले यस्तो भिडियोलाई ‘सेभ’ गर्न थालिन् । ‘मेरो फोन यिनै भिडियोका कारण पूर्ण रूपमा भरिएको छ । सबै खबर मैले पाइरहेकी छु’, उनले भनेकी छन् । यसपछि मार्ता यी भिडियोको सत्यता पुष्टि गर्न जुटिन् । यसमा आएको कमेन्ट हेरिन् । ‘म यो देख्न सक्थें कि मानिसहरू यो सत्य हो भनिरहेका थिए । उनीहरूले यस्तो युक्रेनमा चलिरहेको बताएका थिए’, उनी सम्झन्छिन् । त्यसपछि उनले टिकटकमा भिडियो पोस्ट गर्न सुरु गरिन् र पोस्ट गरेपछि उनी सुतिन् । ‘जब म बिहान उठें र टिकटक हेरें, ती भिडियोमा त ९० लाख बढी भ्यूज पुगिसकेको रहेछ’, मार्ता भन्छिन् । १७ मिलियनभन्दा बढी लाइक मानवीय संकटको बेला सामाजिक सञ्जालको प्रयोग कसरी गर्न सकिन्छ भन्नेमा सेम ग्रेगरी ध्यान दिइरहन्छन् । उनका अनुसार टिकटकको अल्गोरिथम टपिकमा आधारित हुन्छ । ‘तपाईंको रुचीको हिसाबले कन्टेन्टलाई राख्ने गरिन्छ । यस्तोमा यदि तपाईं युक्रेनमा रुची राख्नुहुन्छ भने तपाईंले युक्रेन या युक्रेनसँग जोडिएको कन्टेन्ट बढी हेर्न पाउनुहुन्छ’, सेम भन्छन् । यसरी नै अल्गोरिथमले मार्ता जस्ता कन्टेन्ट क्रिएटरलाई सहयोग गर्यो र उनी राता—रात ‘प्रभावशाली’ बन्नेतर्फ अघि बढिन् । मार्ताको भिडियोलाई १७ मिलियन बढी लाइक मिलेको छ भने हाल उनको फलोअर्स संख्या करिब दुई लाख पुगेको छ । अहिले पनि उनलाई यो संख्यामा भरोसा हुन सकेको छैन । उनी आङ्खनो फोनको पोस्टमा प्राप्त प्रतिक्रियाको नम्बर पढ्दै भन्छिन्,‘यी नम्बरहरूलाई मैले सम्झन सकेकी छैन ।’ यद्यपि विशेषज्ञहरूले टिकटक ग्राउण्डबाट आएको भिडियोहरूका लागि राम्रो हुनसक्ने भए पनि यो प्लेटफर्मममा गलत जानकारी पनि पाइने गरिएको चेतावनी दिएका छन् । मार्ता कन्टेन्टलाई भेरिफाइड गर्ने प्रयास गर्नु आफैंमा एक मुस्किल काम भएको स्वीकार्छिन् । भलै कोही भिडियो युक्रेनकै किन नहोस्, मानिसहरू युक्रेनी भाषा नै बोलिरहेका किन नहुन् । तर पनि भिडियोहरू देशको पूर्वी हिस्सामा सन् २०१४ देखि सुरु भएको लामो संघर्षलाई दर्शाउँछ । उनी आफू भिडियो भेरिफाइड गर्ने मामलामा विशेषज्ञ नभएको स्पष्ट पार्छिन् । मार्ताले जुन भिडियो पोस्ट गरेकी छन्, त्यसमा केहीको बीबीसी न्यूजसमेतका मिडिया आउटलेट्सले पुष्टि गरेका छन् । मार्ता केही व्यक्ति परम्परागत न्यूज आउटलेटको सट्टा उनको जस्तो सामाजिक सञ्जालको स्रोतबाट खबर लिन मनपराउँछन् । ‘केही मानिस व्यावसायिक पत्रकार, यहाँसम्म कि आधिकारिक स्रोतमाथि पनि विश्वास गर्दैनन्’, उनी भन्छिन् ।
प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  ०८:४८
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
काठमाडौँमा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न
काठमाडौँमा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न मंगलबार, माघ २०, २०८२
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै”  सार्वजनिक
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै”  सार्वजनिक सोमबार, माघ १९, २०८२
काठमाडौँमा मिथिला चित्रकला तालिम
काठमाडौँमा मिथिला चित्रकला तालिम सोमबार, माघ १९, २०८२
‘हामी सबै नेपाली, हाम्रो नेपाल’ गीत सार्वजनिक 
‘हामी सबै नेपाली, हाम्रो नेपाल’ गीत सार्वजनिक  सोमबार, माघ १९, २०८२
चलचित्र पत्रकार सिटौलाको निधन 
चलचित्र पत्रकार सिटौलाको निधन  आइतबार, माघ १८, २०८२
‘सोल्टिनी’को म्युजिक भिडियो सार्वजनिक
‘सोल्टिनी’को म्युजिक भिडियो सार्वजनिक आइतबार, माघ १८, २०८२
राष्ट्रिय गीत ‘नेपालको छोरो’ सार्वजनिक
राष्ट्रिय गीत ‘नेपालको छोरो’ सार्वजनिक शुक्रबार, माघ १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP