Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • ‘आगलागी पीडितलाई क्षतिपूर्तिका लागि पहल गर्छु’
‘आगलागी पीडितलाई क्षतिपूर्तिका लागि पहल गर्छु’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन २३, २०७८
Hardik health
दमौली– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आगलागी पीडित परिवारलाई सरकारका तर्फबाट उचित क्षतिपूर्ति दिइने प्रतिबद्धता व्यक्त गरेका छन् । तनहुँको व्यास नगरपालिका–४ स्थित दमौली मुख्यचोकमा आइतबार बिहान आगलागीको घटनाप्रति दुःख व्यक्त गर्न आगलागी भएको केही समयपछि आगो निभाउन सिम्रिक एयरको हेलिकप्टरबाट दमौली आएका मन्त्री श्रेष्ठले पीडितलाई भेटी यस्तो प्रतिबद्धता जनाएका हुन् । उनले अब बस्ने मन्त्रिपरिषद् बैठकमा आगलागी पीडितलाई क्षतिपूर्ति प्रदान गर्नका लागि पहल गर्ने बताए मन्त्री श्रेष्ठले जनतालाई परेको पीरमर्कामा अहिलेको गठबन्धनको सरकार क्रियाशील भएर काम गर्ने बताउँदै सरकार जनताको अभिभावक भएकोले जनतालाई परेको पीरमर्कामा सरकार सधैंँ जनताको साथमा रहने बताए । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री श्रेष्ठ, गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विक, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमन्त्री गोविन्दराज जोशी, शङ्कर भण्डारी, नेकपा एमाले केन्द्रीय सदस्य भगवती न्यौपाने लगायतले उक्त घटना पनि दुःख व्यक्त उचित क्षतिपूर्तिका लागि सरकारसमक्ष पहल गर्ने बताएका छन् । आगलागीबाट करोडौँको क्षति तनहुँको व्यास नगरपालिका–४ मुख्यचोकस्थित हार्डवेयरको गोदामबाट सल्किएको आगोले करोड बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । मुख्यचोकस्थित भूपाल हार्डवेयर र ज्योति जनरल सप्लायर्समा भीषण आगलागी हुँदा करोडबढी मूल्यको क्षति भएको प्रारम्भिक अनुमान गरिएको हो । हार्डवेयर पसलबाट सल्किएको आगोले नजिकका घरहरूमा पनि क्षति पुगेको छ । तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले अत्यन्तै ठूलो क्षति भए पनि एकीन विवरण आउन बाँकी रहेको बताए । ‘क्षतिको आँकलन गर्न सक्ने अवस्था नै छैन, ठूलो क्षति छ’, उनले भने, ‘केही दिनमा क्षतिको यथार्थ विवरण आउला ।’ जिल्ला प्रहरी कार्यालय तनहुँले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिएको छ । प्रहरी नायब उपरीक्षक युवराज खड्काले क्षतिको विवरण प्राप्त नभइसकेको बताउँदै विवरण लिने काम भइरहेको जानकारी दिए । आगलागीको कारण पनि नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट हार्डवेयरको गोदाम पूर्ण रूपमा क्षति भएको छ । उक्त वरपरका अन्य नौ वटा घर आंशिक रूपमा क्षति भएको र तनहुँसुर मिनी मार्केटको दुई वटा सटरमा आंशिक क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट चार/पाँच घरमा क्षति पुगेको छ । व्यास नगरपालिकाका साथै पोखराबाट आएको दमकल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ आफैँ चढेर आएको हेलिकप्टरले आगो निभाउन सहयोग पुगेको थियो । साँघुरो ठाउँ भएकाले दमकल छिराउन समस्या भएको थियो । पछि भूपाल हार्डवेयरसँगै रहेको टहरा डोजरले भत्काएर दमकल छिराइएको थियो । सिम्रिक एयरको हेलिकप्टरले मादी नदीबाट पानी ओसार्दै आगो निभाउन सहयोग पु¥याएको थियो । हेलिकप्टरकै कारण आगलागी छिटो नियन्त्रणमा लिन सकिएको बताइएको छ । आगलागी नियन्त्रणका लागि प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीको नेतृत्वमा १०० जनाको टोली, जिल्ला प्रहरी कार्यालय लमजुङ र गण्डकी प्रदेश प्रहरी कार्यालयबाट प्रहरी नायब महानिरीक्षक घटनास्थलमा खटिएका थिए । आगलागी नियन्त्रणका लागि चापाघाटस्थित कालीभञ्जन गण (इ), सशस्त्र प्रहरी बल र स्थानीयवासीले पनि सहयोग पुर्‍याएका थिए । आगलागीको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँ लगायतका प्रहरी ईकाइहरूबाट खटिएको प्रहरी, सिम्रिक एयरको हेलिकप्टर, ६ वटा दमकल, १३ वटा पानी ट्याङ्कर, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल समेतबाट खटिएको टोली एवं स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा आएको छ । आगलागी नियन्त्रणका लागि व्यास नगरपालिका, पोखरा महानगरपालिका र लमजुङबाट आएको दमकल प्रयोग गरिएको थियो । बिहान १० बजेदेखि सुरु भएको आगलागी दिउँसो २ बजेपछि पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । आगो चार घण्टाको प्रयासपछि नियन्त्रणमा आएको हो ।
प्रकाशित मिति: सोमबार, फागुन २३, २०७८  ०८:४७
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP