काठमाडाै - सुनको मूल्य बढेकाे छ । नेपाली बजारमा करिब डेढ वर्षपछि सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ भन्दामाथि पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख एक हजार ९०० रुपैयाँ पुगेको हो ।
यस्तै तेजाबी सुनको मूल्य एक लाख एक हजार ४०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । गत साताको शुक्रबार सुनको मूल्य प्रतितोला ९९ हजार ९०० रुपैयाँ थियो ।
साताकाे पहिलाे दिन आइतबार तोलामा २००० रुपैयाँले बढ्दै करिब डेढ वर्षयता पहिलोपटक एक लाख रुपैयाँभन्दा माथि पुगेको हो ।
यसैगरी चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँ छ । आज कायम भएको चाँदीको मूल्य अहिलेसम्मकै उच्च रहेकाे हो ।