काठमाडौं - सरकारले पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।
नेपाल आयल निगम सञ्चालक समितिको बैठकले बिहीबार डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको हो ।
पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ भने डिजल र मटितेलको मूल्य १३३ रुपैयाँ प्रतिलिटर भएको छ ।
खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन । निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर ह्वात्तै बढेको भन्दै एकैपटकमा ५ रुपैयाँका दरले मूल्य बढाएको हो ।
आयल निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ६६५.३४ रुपैयाँ घाटा भइरहे पनि नबढाउने निर्णय लिएको छ ।
हवाई इन्धनको मूल्य पनि समायोजन भएको समितिले जनाएको छ ।