
काठमाडाै-ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा हुने भएको छ । बिहीबार शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा गृह मन्त्रालयले बिदा दिने निर्णय भएको जानकारी दिएको हाे ।
गृहमन्त्रीको निजी स्वकीय सचिव नरेन्द्र केसीले मन्त्रीस्तरीय निर्णयबाट बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको बताएका हुन् ।
ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गरेका छन् ।
यस चाडलाई खासगरी शेर्पा जातीले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गरेका छन् ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । सरकारले ल्होसारहरुमा बिदा दिँदै आइरहेको छ ।