Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • एक्सन फिल्मबाहेक अरु सोच्दिनँ : भट्ट
एक्सन फिल्मबाहेक अरु सोच्दिनँ : भट्ट
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन १८, २०७८
mukunda bhatta
Hardik health
काठमाडौं – आउँदो शुक्रबारबाट ‘लप्पन छप्पन २’ प्रदर्शनमा आउँदै छ । एक्सन थ्रीलर फिल्मलाई मुकुन्द भट्टले निर्देशन गरेका छन् । उनले ’लप्पन छप्पन’लाई सिक्वेलको रूपमा नभई सिरिजको रूपमा अगाडि बढाइरहेका छन् । ‘लप्पन छप्पन’ नाम मुकुन्दसहितको टिमले दर्ता गरेपछि नेपालकै एक ठूलो व्यानरले समेत मागेका थियो । तर, मुकुन्दले यस नाममा आफैंले सिरिज ल्याइरहेका छन् । ‘यो नाम हाम्रो लागि खास छ । यसैले गर्दा पनि सिरिज दर्शकसामु ल्याइरहेका छौँ’ मुकुन्दले भने । उनले ‘लप्पन छप्पन ३’ पनि आउने संकेत गरे । उनी भन्छन्, ‘पहिलोभन्दा दोस्रोमा आङ्खनो कमजोरीलाई सुधार्दै अझै स्ट्याइलिस् बनाउने प्रयास गरेका छौँ ।’ पहिलोमा भएको कमीकमजोरी दोस्रोमा नदोहोरियोस् भन्ने सोचले नै फिल्मलाई सिक्वेलभन्दा पनि सिरिज तर्फ मोडिएको निर्देशक भट्टले बताए । नेपाली फिल्ममा ‘वार’मार्फत निर्देशकको रूपमा उदाएका भट्टले त्यसयता लप्पन छप्पनको दुई सिरिज निर्देशन गरिसकेका छन् भने एक्स नाइनको तयारी गरिरहेका छन् । उनका फिल्महरू एक्सन जनराकै छन् । ‘मलाइ आफैँ पनि एक्सनसँग जोडिएर आउने थ्रील र सस्पेन्स मन पर्छ । त्यसैले गर्दा म यस्तै जनराका फिल्म दर्शकसम्म ल्याउने कोसिस गर्छु,’ उनले भने । पछिल्लो समय नेपालमा पनि साउथ इन्डियन फिल्मको क्रेज बढ्दो रहेकाले यस जनरामा सहज भने पक्कै छैन । नेपालमा बजेट अभावले गर्दा एक्सनमा धेरै खर्च गर्न सक्ने अवस्था हुँदैन । निर्देशक भट्ट भने आउँदो समयका लागि अहिले बजार तयार गर्नु पर्नेमा जोड दिन्छन् । ‘अहिले गर्ने लगानीले दर्शकसँगै विश्वास पनि बढ्छ । लप्पन छप्पनकै दोस्रो सिरिजमा गरिएको लगानी चार करोड बढी छ । हामीले स्तरीय फिल्म दर्शकसामु पुर्‍याएर ब्राण्ड बनाउने सोचमा छौँ,’ निर्देशक भट्टले भने । उनले नेपालमा राम्रो एक्सन थ्रीलर फिल्म सोच्ने हो भने १२ करोड आसपासमा खर्च हुने समेत बताए । उनले फिल्मलाई नेपालमा मात्र नभई युरोप र अस्ट्रेलियामा समेत छायांकन गरेका छन् । उनले फिल्ममा पैसाको पावरमा कसरी देशलाई केही व्यक्तिले आफूअनुसार चलाउने गरेका छन् भन्ने तथ्यलाई देखाउन खोजेका छन् । अन्तरदेशीय ग्याङस्टार, राजनीति, अपराध र शक्तिको दूषित परिस्थितिलाई चित्रण गरिएको फिल्मले सार्वजनिक ट्रेलर तथा टिजरमार्फत स्टाइलिस फिल्मको ट्याग पाइसकेको छ । शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट लगायतको अभिनय रहेको यस एक्सन ड्रामा फिल्म मार्फत शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तलगायतले अभिनयमा डेब्यु गर्दै छन् । खिलेन्द्रराज तिम्सिनाको प्रस्तुति रहेको ‘लप्पन छप्पन २’ मा पटकथा र संवादमा निर्देशक भट्ट र सुनिल नेउरेले काम गरेका छन् भने पटकथामा अमित शर्माको पनि साथ छ । पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट (मिस्टर आरजे), दीपक आरजे र बुलेट ङ्खलोको संगीत छ । यसमा किङ योगी र दिलीप ओकेडाको कोरियोग्राफी छ भने, हिमाल केसीसहित निर्देशक भट्टले एक्सन, निरज केसीले साउण्ड र मिलन श्रेष्ठले सम्पादनमा काम गरेका छन् । गोल्डेन हिल्स पिक्चर्ससँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रूप युरोप र म्याक मिडियाले सहकार्य गरेर फिल्म निर्माण गरेका हुन् । सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको फिल्ममा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र र सन्तोषचन्द्र भक्रेल निर्माताको रूपमा छन् । यसमा समीर खरेल क्रियटिभ निर्माता, सहनिर्मातामा राजीव तामाङ, वेदबहादुर तामाङ, रानु तिमिला, ताराचन्द शर्मा र सुरज केसी छन् ।
प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  ०८:३०
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
काठमाडौँमा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न
काठमाडौँमा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सम्पन्न मंगलबार, माघ २०, २०८२
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै”  सार्वजनिक
इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै”  सार्वजनिक सोमबार, माघ १९, २०८२
काठमाडौँमा मिथिला चित्रकला तालिम
काठमाडौँमा मिथिला चित्रकला तालिम सोमबार, माघ १९, २०८२
‘हामी सबै नेपाली, हाम्रो नेपाल’ गीत सार्वजनिक 
‘हामी सबै नेपाली, हाम्रो नेपाल’ गीत सार्वजनिक  सोमबार, माघ १९, २०८२
चलचित्र पत्रकार सिटौलाको निधन 
चलचित्र पत्रकार सिटौलाको निधन  आइतबार, माघ १८, २०८२
‘सोल्टिनी’को म्युजिक भिडियो सार्वजनिक
‘सोल्टिनी’को म्युजिक भिडियो सार्वजनिक आइतबार, माघ १८, २०८२
राष्ट्रिय गीत ‘नेपालको छोरो’ सार्वजनिक
राष्ट्रिय गीत ‘नेपालको छोरो’ सार्वजनिक शुक्रबार, माघ १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP