Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • तीन सयभन्दा बढी भक्तजन गोसाइँकुण्डमा
तीन सयभन्दा बढी भक्तजन गोसाइँकुण्डमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन १८, २०७८
maxresdefault
Hardik health
रसुवा– शिवरात्रि पर्वका अवसरमा सयौँ भक्तजनले गोसाइँकुण्ड शिवजीको दर्शन तथा पूजा आराधना सम्पन्न गरेका छन् । पैदलमार्गको लौरीविनायकदेखि तीर्थस्थलसम्म बाक्लो हिउँ जमेका कारण निलाद्री पर्वतमा विराजमान भगवान् शिवको दर्शनार्थ सबै यात्रु हेलिकोप्टरमार्फत गोसाइँकुण्ड पुगेका थिए । समुद्र सतहदेखि चार हजार ३८० मिटरको उचाइमा अवस्थित गोसाइँकुण्ड तीर्थको दहमा पानी जमेका कारण हवाईमार्गबाट गएका भक्तजनले सिम्रिक एयर हेलिकोप्टर कम्पनीले गत वर्ष स्थापना गरेको शिव मूर्तिमा पूजाआजा गरेका थिए । यस वर्षको शिवरात्रि पर्वमा हेलिकोप्टरमार्फत ३ सय भन्दा बढी भक्तजन गोसाइँकुण्ड पुगेको प्रहरी निरीक्षक गणेश सापकोटाले बताए । शिवरात्रि पर्वका अवसरमा पूजा आराधना गर्न आउने भक्तजनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारी नवराज जैसीको अगुवाइमा जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दसमेतको प्रहरी टोली गोसाइँकुण्ड पुगेको प्रहरीले जनाएको छ । हवाईयात्रुलाई काठमाडौंदेखि गोसाइँकुण्डसम्म पु¥याउन सिम्रिक, अल्टिच्युट, कैलाश, प्रभुसमेतका हेलिकोप्टर कम्पनीले सेवा दिएका थिए । जिन्दगीमा एक पटक भए पनि पवित्र तीर्थ पुग्नपर्ने मान्यताअनुरूप हिँड्न नसक्ने भक्तजनका लागिसमेत उडान सेवा सञ्चालन गरी हेलिकोप्टर कम्पनीले ठूलो सहयोग पुर्‍याएको तीर्थयात्री सरोज अमात्यले बताए । उचाइ स्थानमा हिउँ हुरीसमेत चल्ने भएकाले दिनको २ बजेसम्म मात्र पाइलटले धार्मिक उडान भरेको सम्बन्धित कम्पनीले जनाएका छन् । हिउँ पग्लिने क्रम सुरू भएको र पैदलयात्रुको आगमनलाई मध्यनजर राखी सुरक्षाको दृष्टिकोणबाट नेपाल प्रहरीले धार्मिक मार्गका होटल लजको अवस्थाका बारेमा अनुगमनसमेत सम्पन्न गरेको छ । प्रहरी निरीक्षक गणेश सापकोटाको अगुवाइमा गएको प्रहरी टोलीले गोसाइँकुण्ड, लौरीविनायक चन्दनबारीसमेतका स्थानलगायत पूरै धार्मिकमार्गको अनुगमन गरेको प्रहरीले जनाएको छ । धार्मिक मार्गलगायत रसुवाको समग्र सुरक्षा व्यवस्था मजबुद पार्न आफू अहोरात्र खट्ने बताउँदै प्रहरी प्रमुख चन्दले धार्मिक मार्गको यात्रा क्रममा बिरामी परेमा, यात्रा गर्दा वा गाउँ समाजमा हिँड्दा कुनै घटना घटेको देखिएमा, कुनै घटना घट्ने सम्भावना पाइएमा प्रहरीलाई खबर गरिदिन समुदायमाझ आग्रह गरिएको बताए ।
प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  ०८:२६
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP