Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • कंगनाको लकअप
कंगनाको लकअप
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन १७, २०७८
Hardik health
मुम्बई– भारतीय टेलिभिजनको सबैभन्दा विवादित शोमध्ये एक ‘बिग बोस’ जस्तै अर्को एक शो ‘लकअपः बडास जेल...अत्याचारी खेल’ ओटीटी प्लेटफर्ममा आइतबारबाट रिलिज हुँदैछ । यो शोलाई ‘टेलिभिजन कन्टेन्ट क्वीन’ का रूपमा परिचित एकता कपूरले निर्माण गरेकी हुन् । शोकी होस्ट अभिनेत्री कंगना रनावत हुनेछिन् । कंगनाको यो डिजिटल डेब्यू हो । शोका प्रतियोगीको छनोट कंगनाले नै गरेकी छन् । शोको घोषणामा कंगनाले आफूविरुद्ध दुई वर्षयता कैयौं एफआईआर भएको र प्रहरी थानामा धेरैपटक चक्कर लगाएको बताएकी थिइन् । निर्मात्री एकताले शोको कन्टेन्टलाई लिएर आफू जिम्मेवार नभए पनि शोविरुद्ध कैयौं एफआईआर आउनेमा आफू निश्चित रहेको दाबी गरेकी थिइन् । ओटीटीमा यो पहिलो शो हो, जुन रिलिजअघि नै विवाद र चर्चामा छाएको छ । यसको प्रमुख कारण शोको फम्र्याट र त्यसको विषयबस्तु हो । शोका अधिकांश प्रतियोगी कुनै न कुनै विवादसँग जोडिएका छन् । यो शोमा १६ प्रतिष्पर्धी हुनेछन् । सबै प्रतियोगीलाई लकअपमा ७२ दिनसम्म बन्द गरिनेछ । उनीहरूलाई आधारभुत सुविधाका लागि संघर्ष गर्नुपर्नेछ र हरेक पाइलामा काम दिइनेछ । शोमा कंगना जेलरको भूमिकामा देखिनेछिन् । एकताका अनुसार शोमा मनपर्ने प्रतियोगीलाई दर्शकले भोट दिन सक्नेछन् । तर ५० प्रतिशत भोटिङ पावर कंगनाको हातमा हुनेछ । शोमा टिकिरहनका लागि प्रतियोगीले आङ्खनो जीवनसँग जोडिएका कैयौं रहस्यमय कुरा खोल्नुपर्नेछ । यो शो ओटीटी प्लेटफर्म एमएक्सप्लेयर र अल्ट बालाजीमा प्रसारण हुनेछ । ‘बिग बोस’मा जस्तै दर्शकहरू ‘लकअप’मा पनि प्रतियोगीको हर्कतलाई २४ सै घण्टा प्रत्यक्ष हेर्न पाउनेछन् । शोको प्रतियोगीमा पहिलो नाम पुनम पाण्डेको छ । सन् २०११ मा पहिलोपटक पुनम चर्चामा आएकी थिइन्, जुनबेला उनले भारतले विश्वकप क्रिकेट जितेमा टिमका लागि आफू नग्न हुने घोषणा गरेकी थिइन् । यद्यपि बीसीसीआईले उनलाई यस्तो काम गर्न अनुमति दिएन । पुनम अर्कोपटक पुनः चर्चामा आइन्, जब उनले २०२० मा विवाह गरिन् र विवाहको १२ दिनपछि उनले पतिमाथि यौन शोषणको आरोप लगाइन् । उनको आरोप पछि गोवा प्रहरीले पतिलाई पक्राउ गरेको थियो । अर्की प्रतियोगी हुन्, निशा रावल । निशाले गत वर्ष आङ्खनो पति र सिरियल ‘ये रिश्ता क्या कहलाता है’ फेम्ड अभिनेता करण मेहरामाथि कुटपिटको आरोप लगाएकी थिइन् । त्यस्तै तेस्रो प्रतियोगी गुजरातको जुनागढ निवासी स्टेण्डअप कमेडियन मुनव्वर फारुकी हुन् । गत वर्ष २ महिनाभित्र उनको १२ शो रोकिएको थियो । हिन्दु देवीदेवतामाथि कथित विवादित टिप्पणीका कारण उनी कैयौं दिनसम्म जेलमा बस्नु परेको थियो । यो शोमा खेलजगतका स्टार पनि देखिँदैछन् । यसमा पहिलो नाम बबिता फोगाटको छ । फोगाटमो जीवनीमा रहेर अभिनेता आमिर खानले फिल्म ‘दंगल’ बनाएका थिए । कुश्ती च्याम्पियन बबिताले सन् २०१४ मा कमनवेल्थ गेम्समा पहिला कुश्मीमा भारतलाई पहिलो स्वर्ण दिलाएकी थिइन् । उनले सन् २०१८ मा कमनवेल्थ गेम्स, सन् २०१० को कमनवेल्थ गेम्समा सिल्भर मेडल र सन् २०१२ को विश्व कुश्ती च्याम्पियनशिपमा कास्य पदक जितेकी थिइन् । त्यसपछि सन् २०१९ मा उनले राजनीतिमा पाइला चालिन् ।
प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८  ०८:११
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
चिनियाँ गायक, अभिनेता तथा मोडल यू मेङलोङको असामयिक निधन
चिनियाँ गायक, अभिनेता तथा मोडल यू मेङलोङको असामयिक निधन शुक्रबार, भदौ २७, २०८२
गुरुङ संस्कृतिमा ‘रिमै’ चलचित्र  प्रदर्शन 
गुरुङ संस्कृतिमा ‘रिमै’ चलचित्र  प्रदर्शन  सोमबार, भदौ २३, २०८२
 ‘बिगुल’ फिल्मको छायांकन सम्पन्न
 ‘बिगुल’ फिल्मको छायांकन सम्पन्न आइतबार, भदौ २२, २०८२
चलचित्र भवनको सङ्ख्या बढाउन पहल भइरहेको छः अध्यक्ष डिसी
चलचित्र भवनको सङ्ख्या बढाउन पहल भइरहेको छः अध्यक्ष डिसी शुक्रबार, भदौ २०, २०८२
नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्:  राष्ट्रपति पौडेल
नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्:  राष्ट्रपति पौडेल शुक्रबार, भदौ २०, २०८२
भक्तपुरमा इन्द्रजात्रा सुरु
भक्तपुरमा इन्द्रजात्रा सुरु बिहीबार, भदौ १९, २०८२
नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारबाट सुरु
नेपाल कला तथा संस्कृति महोत्सव शुक्रबारबाट सुरु बिहीबार, भदौ १९, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP