Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • निवारण भएन हात्तिपाइले
निवारण भएन हात्तिपाइले
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन १७, २०७८
918c9bb327e7f4c4dfb8f0847a95234b1646032406
Hardik health
गलकोट– नागारिकले हात्तिपाइलेविरुद्धको आम औषधि सेवनमा बेवास्ता गर्दा बागलुङमा १३ वर्षको प्रयासले समेत हात्तिपाइले निवारण हुन सकेको छैन । लगातार छ वर्षसम्म औषधि सेवनबाट निवारण हुने हात्तिपाइले रोगका लागि नागरिक जिम्मेवार नबन्दा १३ वर्षमासमेत निवारण भएको छैन । यस रोगबाट बच्न लगातार छ पटक हात्तिपाइले रोगविरुद्धको औषधि खानुपर्छ तर बागलुङमा आम औषधि सेवनमा नागरिक जिम्मेवारी नबन्दा समस्या भएको छ । लगातार छ पटक औषधि खाएमा मात्र रोगको जोखिमबाट बच्न सकिने भए पनि बागलुङमा पुन १३औँ पटक यही फागुन २८ गतेबाट आम औषधि सेवन अभियान सुरु गरिने भएको छ । १३औँ पटकको आम हात्तिपाइले अभियान सुरु गर्नुभन्दा पहिला नारायण स्थानमा आठ जना र कुश्मिसेरामा दुई जनामा हात्तिपाइलेको संक्रमण देखिएका कारण पुन १३औँ पटकको आम औषधि अभियान सुरु गर्न थालिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौंले जानकारी दिए । ‘नेपालभर निवारणको चरणमा रहेको हात्तिपाइले बागलुङसहित जम्मा १० जिल्लामा मात्रै निवारण हुन बाँकी रहेको छ, सुरुको चरणमा स्वास्थ्य स्वयमंसेविकाको निगरानीमा खुवाइएको थियो, पछि निवारण नभएको भन्दै स्वास्थ्यकर्मीको निगरानीमा खुवाइयो’ गुरौंले भने, ‘सबैको प्रयासलेनै बागलुङमा हात्तिपाइले निवारण गर्न सकिन्छ, नागरिकले औषधि नखाने समस्या छ, सहरिया र शिक्षित व्यक्तिबाटै बेवास्था भएको छ, अब एक पटक सबैले आमऔषधि सेवनमा भाग लिऔं, हात्तिपाइले निवारण गरौँ ।’ बागलुङ नगरपालिका–१४ नारायणस्थान र जैमिनी नगरपालिका–१ कुश्सिेरामा हात्तिपाइले निवारण गर्न नसक्दा सिंगो जिल्लामा औषधि खुवाउनुपर्ने अवस्था रहिआएको छ । संक्रमण दुई प्रतिशत प्रतिशत भन्दा कम भएमा जनस्वास्थ्य समस्याका रुपमा नलिने र निवारणको मान्यता दिने प्रचलन रहेकामा त्यो हुन नसकेकाले बागलुङमा १३औँ पटक हात्तिपाइले अभियान सञ्चालन गर्नुपर्ने अवस्था आएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताईन् । हात्तिपाइलेविरुद्धको औषधि खुवाउने तयारी हात्तिपाइले विरुद्धको औषधि मोरङमा यही फागुन २८ गतेदेखि खुवाउने तयारी भएको छ । मोरङको कूल जनसंख्या ११ लाख ११ हजार १४६ मध्ये १० लाख ७४ हजार ७९० जनालाई सो रोगविरुद्धको औषधि खुवाउने जनस्वास्थ्य प्रमुख सुरेश मेहताले जानकारी दिए । गएको वर्षमा ८३ प्रतिशत नागरिकलाई खुवाइएको सो औषधि यसवर्ष ९० प्रतिशतलाई खुवाउने अभियान तीव्र पारेको आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख मेहताले बताए । औषधि खुवाउन लगभग १४ दिनसम्म अभियान चल्ने बताइएको छ । औषधि नखाने व्यक्तिका कारण नियमित खाइरहने मानिसलाई थप औषधि खाइरहनु पर्ने भएको यो अभियानलाई सफल बनाउन सबैले आ–आङ्खनो तहबाट सहयोग गर्नु पर्ने जनस्वास्थ्य अधिकृत धरणीधर निरौलाले बताए । मोरङको सुनवर्षी नगरपालिकामा ३ सय मानिसलाई नमूना परीक्षण गर्दा २४ जनामा हात्तिपाइले रोगको लक्षण देखिएकाले सो क्षेत्रमा हात्तिपाइले विरुद्धको औषधि खुवाउन कुनै पनि नागरिकलाई छुट्न नदिन विशेष ध्यान दिइने प्रमुख मेहताको भनाइ छ । हात्तिपाइले विरुद्धको औषधि खुवाउने यस वर्ष ११ औँ चरण हो भन्दै यसमा इभरमेटिन, डिइसी र अल्बेन्डाजोल औषधि खुवाउने जनस्वास्थ्य निरीक्षक रामकुमार लामाले बताए । गर्भवती महिला तथा छारे रोग भएको मानिसले यो औषधि खानु हुँदैन भने औषधि खुवाउने लक्षित समूह दुई वर्ष माथि उमेरका हुन ।
प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७८  ०८:०७
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP