

काठमाडौं– महालक्ष्मी विकास बैंंक लिमिटेडको स्थगित बीसाँै वार्षिक साधारण सभा सम्पन्न भएको छ ।काठमाडौको कमलादीमा भएको नेपाल प्रज्ञा प्रतिष्ठान २१.०५२६ प्रतिशतको लाभांश पारित गरी शुक्रबार महालक्ष्मी बैंंकको बीसाँै वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
“सबल बंैंक, सफल सहकार्य” को भिजनलाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्र्दै आएको बैंकले जनाएकोे छ ।बैंकले स्थगित बीसाँै वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सम्पन्न गरेको छ । सो अवसरमा आ.व. २०७७/७८ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ ।
बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ आषाढ मसान्तको एनएफआरयस बमोजिम तयार गरिएको वासलात, आ.व. २०७७÷७८ को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ । यसै गरी वार्षिक साधारण सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस सेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।
सभाका अध्यक्ष उपाध्यायले शेयरधनी महानुभावहरुहरुबाट प्राप्त सल्लाह सुझावलाई शिरोधार्य गर्दै बैंकले आगामी दिनमा थप प्रगति हाँसिल गर्ने कुरा बताउए । साथै शेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरुले पुर्याउन भएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै यस्तै सहयोग तथा सदाशयता निरन्तर प्राप्त हुने आशा प्रकट गरेका छन् ।
स्थगित बीसौ वार्षिक साधारण सभाबाट संस्थापक समुह (क) बाट राजेश उपाध्याय, संजय गिरी र दिपककुमार रौनीयार र सर्बसाधारण समुह (ख) बाट श्यामसुन्दर रङ्गटा, राहुल अग्रवाल र रुपेन्द्र पौडेल संचालक पदमा निर्वाचित भएका छन् । साथै ०७८ साल फाल्गुन १३ गते बसेको संचालक समितिको ५१८औंँ बैठकले राजेश उपाध्यायलाई नै बैंकको अध्यक्ष पदमा सर्वसम्मत रुपमा पुनः चयन गरेको छ ।
क