
काठमाडाै - आज सेयर बजार परिसूचक (नेप्से) मा झन्डै ५९ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से सूचक ५९ दशमलव ९९ अंकले घट्दै २६ सय ६१ दशमल ४४ विन्दुमा झर्न पुगेको हाे ।
यता ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत १० दशमल ३६ अंकले समेत घट्दै ५०७दशमल ५८ विन्दुमा झरेको छ । त्यसो त साताको अन्तिम कारोबार दिन समेत रहेको आज सबै उपसूचक ऋणात्मक भएर बजार नै राताम्मे भएको छ ।
आज झन्डै ६० अंकले घटेको बजारमा ४ अर्ब २९ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ ।अमेरिकी आर्थिक सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को प्रभाव बिहीबारको सेयर बजारमा पनि देखिएको छ ।