Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
प्रवास
  • Home
  • प्रवास
  • उपत्यकाकामा सरसफाई अभियान
उपत्यकाकामा सरसफाई अभियान
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन १२, २०७८
Group
Hardik health
काठमाडौं -काठमाडौं उपत्यकाका १८ वटा नगरपालिका र विश्वसम्पदामा सुचित भएका ७ वटा सम्पदाहरुको सरसफाई अभियान सुरु हुने भएको छ । आज बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै फागुन १५ गतेदेखि चैत्र ९ गतेसम्म २५ दिने उपत्यका सरसफाई अभियान सञ्चालन हुने जानकारी दिइएको हो । २५ दिने उपत्यका सफाई अभियानमा सम्बन्धित नगरपालिकाका मेयरहरुलाई प्रमुख अतिथिमा बनाउने अभियानको कार्यक्रम रहेको अभियानका संयोजकले जानकारी दिएको छ । अभियानका संयोजक राजमान मानवले उपत्यका सरसफाइ अभियानले काठमाडौं उपत्यकामा लामो समयदेखि सरसफाई गदै आएको बताए । सरसफाईको सुरुवात टोलबाट गरेपनि पछि काठमाडौं उपत्यका फोहोर बढ्दै गएपछि बाग्मती, मनोहरा, हनुमन्तेलगायत धेरै सफाई अभियान चलाउँदै आएको उनले बताए । उनले सफाइ अभियान समय धेरै भएर नगरेको भन्दै आफ्नो भित्री चाहाना र इच्छाको कारण गरिरहेको बताए । सरसफाईले प्रकृतिलाई स्वच्छ राख्ने उनको भनाई छ । काठमाडौंमा सधै फोहोरको डंगुर हुने पनि उनले बताए । उनले भने,‘नेपालको कुनै पनि गाउँपालिका सफा छैनन्, जहाँ–जहाँ मानव बस्ती छ, त्यहाँ फोहोर छ ।’ राज्यले फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै उनले ध्यान दिनपर्नेमा जोड दिए । साउथ राष्ट्रका सबैभन्दा धेरै फोहोर हुने ५ देश भएको उनले जिकिर गरे । उनले संसारको पहिलो बंगलादेश र दोस्रो फोहोर राष्ट्र अफ्रिका भएको सुनाए । काठमाडौं उपत्यका सफा भए मात्र नेपाल अन्तर्राष्ट्रिय स्तरमा सफा देशको सुचिमा पर्ने उनको भनाइ छ । नेपालमा आउने पर्यटक मध्येमा काडमाडौंमा मात्र ६० प्रतिशत घुम्ने जिकिर गर्दै उनले काठमाडौंलाई सफा राख्नुपर्ने बताएका छन् । पुरानो चल्दै आएको परम्परा अनुसार आफुहरुले सरसफाई गरिरहेको र सरसफाई ठोस योजना अनुसार नभएको संयोजक राजमानले बताए । सरसफाई विधि राम्रो नभएको भन्दै उनले नेपालको सफाइ विधिलाई परिर्वतन गर्न आवश्यकता रहेको औंल्याए ।उनले भने,‘बिहान एक टाइम सफा गर्ने, कसैले सफाईको बारेमा अनुगमन पनि नगर्ने यो तरिका परिवर्तन हुन जरुरी छ ।’ नेपालको सफा गर्ने विधि अवैज्ञानिक र अव्यवस्थित भएको उनले आरोप लगाएका छन् । उनका अनुसार पर्यटकीय शहर पोखराका केही भाग सफा भएपनि धेरै स्थान फोहोर भएको छ । उपत्यकाको सरसफाई गर्ने जिम्मा कसको हो, त्यो कसैलाई थाहा नभएको उनले सुनाए । आफ्नो घर, टोल सफाईको लागि जनता आफै सचेत हुनपर्नेमा उनले जोड दिएका छन् । नेपालमा जति फोहोर गरेपनि दण्ड जरिवानाको व्यवस्था नगरिएको भन्दै फोहोर गर्नेलाई जरिवाना तोक्न सम्बन्धित निकायलाई समेत आग्रह गरे । नेपालमा फोहोर फाल्नेलाई कारवाही गर्ने नियम भएपनि लागु नभएको उनले उल्लेख गरे । त्यस्तै, मैतिदेवी वातावरण संरक्षण अभियानका संयोजक राजेश श्याम मिश्रले उपत्यका व्यापी सरसफाई सबैले आ–आफ्नो ठाउँमा रहेर मात्र सम्भव नभए पछि एकिकृत भएर उपत्यका ब्यापी सरसफाई अभियान सञ्चालन गर्न लागेको बताए । बर्खा लागेसँग सधै बाटो बिग्रने समस्या सधै उस्तै रहेको भन्दै मानन्धरले चाँडो भन्दा चाँडो बाटो निर्माण गर्न सम्बन्धित निकायसँग आग्रह गरे । उनले सरसफाई अभियान साढे ७ देखि ९ बजेसम्म गर्ने पनि जानकारी दिएका छन् । यसैगरी, मनोहरा सरसफाई अभियानका संयोजक चन्द्र दगांलले नेपाल सप्तऋषिले तपस्या गरेका भुमि हो भन्दै पवित्र तपोभुमिको सरसफाइ नगरे ठुलो पाप लाग्ने बताए । २०७० जेठबाट बाग्मती सफाइको सुरुवात गरेको बताए । प्रकृतिको सुन्दर उपहार नेपाल भए पनि पछिल्लो समयमा फोहोरी देशको रुपमा परिचित भएको उनले आरोप लगाएका छन् ।  
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  १५:५७
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP