
काठमाडौं– यसवर्ष शिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा मेला भर्न तथा दर्शन गर्न करिब दशलाख दर्शनार्थीका लागि दशहजार सुरक्षाकर्मी परिचालन गर्ने भएको छ ।
कोरोनाको तेस्रो लहर सकिएसँगै पशुपतिनाथको मूल मन्दिर १७ गते महाशिवरात्रि पर्व परेको छ ।
महाशिवरात्रिमा देश विदेशबाट भक्तजनको पशुपति क्षेत्रमा भीड लाग्ने गर्छ । मंगलबार पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्मेलन गरेर करिब दशलाख दर्शनार्थी आउने अनुमान गरिएको जानकारी दिएको छ । यस वर्षको महाशिवरात्रिमा सवा करोड बजेट खर्च हुने अनुमान गरिएको परिषद् सदस्य सचिव डा.मिलनकुमार थापा जानकारी दिएका छन् ।
यसअघि माघ २५ गते महाशिवरात्रिको तयारी गर्न कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा २५१ जनाको मूल समारोह समिति गठन गरेको थियो ।यस्तै यसवर्ष पशुपतिनाथको मुख्य आकर्षण मन्दिर परिसर, भित्र आकर्षक गेट र मन्दिरको क्षेत्रभित्र मालाहरुले विशेष सजावट गरिनेछ ।
मन्दिर परिसरलाई सुन्दर तथा सुसजित बनाउन डिजिटल बत्तीहरुको व्यवस्था गरिने तयारी गरिएको छ ।पशुपतिभित्र बनाइएका चित्रकलाहरु पनि महाशिवरात्रिको आकर्षणको केन्द्र रहने जनाइएको छ ।पशुपतिनाथ दर्शनका लागि भारतलबाट आउने साधुसन्त तथा मेला भर्न आउन दर्शनार्थीको सुरक्षा लागि शिवरात्रिमा करीब १० हजार सुरक्षा व्यवस्था परिचालन गरिने भएको छ ।
शिवरात्रिको दिनमा पनि विद्युतीय शवदाह क्षेत्र, किरियापुत्री क्षेत्रमा विशेष सुरक्षा परिचलान गरिनेछ ।यसबाहेक सबै सुरक्षा अंगहरुसँग पनि छलफलका लागि फागनु ११ गते बुधबार बैठक बोलाइएको छ । शिवरात्रिमा आउने साधुसन्तलाई २८ लाख दक्षिणा खर्च हुने गुठी संस्थानले जनाएको छ ।