
काठमाडौं –पछिल्लो २४ घण्टामा थप तीन सय ८८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा पाँच हजार दुई सय २५ पीसीआर परीक्षणमा दुई सय ४७ र दुई हजार नौ सय १५ एन्टिजेन परीक्षणमा १४१ जना गरी तीन सय ८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार २०५ जना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या ११ हजार २८२ रहेको छ ।