
काठमाडौं–आज सुन–चाँदीको मूल्य घटेको छ । सोमबार सुन प्रतितोला ९६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९६ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तेह्र सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य बढेर प्रतिऔंस १८ सय ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।