
काठमाडौं– शेयर बजार परिसूचक नेप्सेमा सोमबार शेयर बढेको छ । आइतबार ३९ अंकले घटेको शेयर बजार सोमबार २५ दशमलव ४१ अंकले उकालो लागेको हो ।
शेयर बजार परिसूचक नेप्से २५ दशमलव ४१ अंकले बढेर दुई हजार सात सय १८ दशमलव ५१ विन्दुमा पुगेको छ । सबै समूहको शेयर बढेको छ । आज दुई सय २५ कम्पनीका ४९ लाख ९२ हजार कित्ता शेयर दुई अर्ब ९९ करोड ९७ लाख रुपैयाँमा कारोबार भएको छ ।
सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ५० अर्ब ४७ करोड ४४ लाख ८२ हजार ३०१ बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ ।
सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको २६ करोड ५० लाख रुपैयाँको शेयर किनबेच भएको छ । युनाइटेड मर्दी जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले र गुराँस लघुवित्त कम्पनीको शेयर साढे नौ प्रतिशतले बढेको छ । कालिका लघुवित्त कम्पनीको शेयर भने झन्डै दुई प्रतिशतले घटेको छ ।